काँग्रेस महामन्त्री कोइराला दुई साता लामो अमेरिका भ्रमणको क्रममा न्युयोर्कमा

न्युयोर्क, ११ बैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला झन्डै दुई साता लामो अमेरिका भ्रमणको क्रममा आज बिहान ९.४५ बजे न्युयोर्क आइपुग्नु भएको छ । न्युयोर्क आइपुगे लगत्तै महामन्त्री कोइरालाले काँग्रेस सत्ता परिवर्तनको खेलमा नलाग्ने बताउनु भएको छ । भर्जिनियास्थित बहिनि चेतना दिक्षितको छोरीको बिबाह, सानडियागो, क्यालिफोर्नियामा रहेकी छोरीसंग पारिवारिक जमघट र उच्च स्तरको राजनीतिक भेटघाटका लागि अमेरिका भ्रमणमा आउनु भएका कोइरालाले मधेशी दललाई आन्दोलनमा पठाउन नहुने बताउदै उनीहरुको माग पुरा गर्न र मधेशको संकट समाधान गर्न काँग्रेसले सार्थक पहल सुरु गरिसकेको जानकारी दिनु भयो ।

President Bisht & Past Preisdent Bishnuउहाँले ओली सरकार मधेसी मुद्धा सम्बोधन गर्न असफल देखिएको र राजदुत नियुक्तिमा समेत कुटनीतिक क्षेत्रलाई भागबण्डाको राजनीति गरेको हुँदा कांग्रेसले सरकारको यस्तो कदम बिरुद्ध संसदमा बिरोध गर्ने जानकारी दिनु भयो । एयर इत्तिहादको नियमित उडानबाट न्युयोर्कको स्थानिय समय अनुसार बिहान ९.४५ बजे जोन अफ केनेडी बिमानस्थलमा आइपुग्नु हुँदा महामन्त्री कोइरालालाई जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट र पूर्व संयोजक बिष्णु सुबेदीको नेतृत्वमा रहेको प्रजातन्त्रबादी नेपाली अमेरिकनको समुहले स्वागत गरेको थियो ।

NC supporter JFK Airportआजै न्युयोर्क आइपुगेका कोइरालाले नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट उहाँको सम्मानमा न्युयोर्कमा भोली आयोजना गरिने स्वागत कार्यक्रमको बारेमा दुवै समूहसँग छलफल गरेर विवाद टुङ्ग्याउन आन्तरिक छलफल सुरु गर्नु भएको छ । स्रोतका अनुसार महामन्त्री कोइरालाले विवाद निरुपण गर्न सभापति आनन्द बिष्टले कारबाही फिर्ता लिने र समितिका सभापति आनन्द बिष्टले आव्ह्वान गरेको स्थानमा सबै काँग्रेस समर्थकहरु उपस्थित हुनुनै विवाद अन्त्यको मान्य बाटो हुने सुझाव दिनु भएको बुझिएको छ । यदि दुवै पक्षले विवाद निरुपणको यो सुझाव सुनुवाई नगरेमा महामन्त्रीले कार्यक्रमको लागि दुवै समूहलाई एकै ठाउँमा आमण्त्रण गर्ने संकेत गर्नु भएको छ । यद्यपि महामन्त्री कोइरालाले निर्वाचित सभापति र संगठनको इज्जत र मर्यादा कायम गर्न समेत अमेरिकमा रहेका कांगेसजनलाई आग्रह गर्नु भएको छ ।

Past Preisdentयस अघिनै महामन्त्री कोइरालासंग परामर्श गरी उहाँकै प्रमुख आतिथ्यमा भोली शनिबार न्युयोर्कको शेर्पा हलमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमितिले कार्यक्रम आयोजना गर्ने पूर्व घोषणा गरिसकेको छ ।महामन्त्री कोइराला न्युयोर्क, भर्जिनिया, टेक्सास, सिकागो, सनफ्रान्सिस्को, सानडियागो र अन्त्यमा लस एन्जलस हुँदै दुई साता पछि स्वदेश फर्किनु हुनेछ ।

११ बैशाख २०७३, शनिबार ०४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..