आमाहरुबाट चर्चित सर्जक नीलम कार्की निहारिकाको चीरहरण लोकार्पण

नर्थक्यारोलिना । अमेरिकाको नर्थ क्यरोलिनामा नब बर्ष को सुभकामना सहित नेपाली र अमेरिकन आमाहरुबाट नीलम कार्की निहारिकाको चीरहरण उपन्यास लोकार्पण भयो ।

महाभारतको बिषय माथी थुप्रै व्याख्या-पुनर्ब्याख्या हुँदै आएका छन् । चीरहरण त्यही महाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो। सत्यवती देखि द्रौपती सम्म पुग्दा नारिले भोग्नु परेका सामाजिक बिबशता र हिंसा मात्र होइन, धृतरास्ट्रको सिंहासन मोह, शकुनि-षड्यन्त्र अनि महायुद्ध जस्ता घटना बर्तमान समयमा पनि प्रतिबिम्बित छन् । कुन्तिको पुत्र त्याग होस या द्रौपतिको चीरहरण , अहिलेको समाजपनी यस्ता बिडम्बनाबाट मुक्त हुन सकेको छैन ।

लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने नीलमको यो उपन्यास द्वापरयुगको यस्तो एना हो जसमा हामीले भोगिरहेको समाज देखिन्छ । लेखिका भन्छिन –कुन्तीको पुत्र त्याग होस् या द्रोपदीको चीरहरण आजका पनि साझा घटना हुन् । दिनहु जसो समाचार बनेका, बेबारिसे अबस्थामा भेटिने नब शिशु र बलत्कारका घटनाहरु यिनका प्रमाण हुन् । त्यतिमात्र होइन राज्यकै पनि चीरहरणको विसंम अबस्था बारे संकेत गरेको छ ।

कृति बिमोचन पश्चात अनेसास नर्थक्यारोलिना च्याप्टर अध्यक्ष् मनोज प्रधानले भन्नु भयो, ‘उपन्यासकारको गहन अध्ययन र धैर्यताले नै यति महत्व पूर्ण कृति नेपालीसाहित्यले प्राप्त गर्न सकेको हो । लेखक स्वयं नारि भएको हुदा नै त्यस समयका नारि पात्रको मनोबिज्ञानलाई यसरी केलाउन संभब भएको हो ।’

Chirharanमहाभारतमा आधारित भएर केहि अन्य पुरुस लेखक साहित्यकारका कृति आएको भएता पनि नेपालमा महिलाबाट लेखिएको प्रथम बिसाल उपन्यास हो । चीरहरण साग्रिलाले प्रकासन गरेको हो र मुल्य ५५५ रहेको छ । बैशाखको दोस्रो साताबाट नेपाल अधिराज्य भर उपलब्ध हुने जानकारी प्राप्त भएको छ । नेपाल बाहिर वितरणको लागि पनि छिटै ब्यबस्था गरिने बताईएको छ । नेपाल बाहिर रहनु हुने पाठक लाई ध्यानमा राखी भबिस्य मा ई बुकको रुपमा पनि उपलब्ध हुनेछ ।

बिगत नौ वर्ष देखि भने अमेरिकामा रहेर कलम चलाई रहेकी निहारिकाको पछिल्लो प्रकाशन डायोस्पोरिक उपन्यास अर्की आइमाई उपन्यास पनि चर्चामा रहेको थियो । कार्यक्रम एनसीएनसीले आयोजना गरेको हो । कार्यक्रममा ठुलो संख्यामा साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो ।

५ बैशाख २०७३, आईतवार २३:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई गरेका छन् । कोरोना..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..