नेपाली अमेरिकनका लागि सुखद खबर, अभियन्ता एवं कानुन व्यावसायी खगेन्द्र जीसी दोस्रो पटक सुपर लयर

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ५ बैशाख । गैर आवासीय नेपालीको नागरिकता निरन्तरताको लागि मातृभूमिको शिर्ष राजीनितिक नेतृत्वसंग निरन्तर बहस र पैरवी गर्दै आएका चर्चित कानुन व्यावसायी खगेन्द्र क्षेत्रीले कानुनी सेवा मार्फत अमेरिकी समाजमा पुर्याएको योगदानको कदर गर्दै दोस्रो पटक उहांलाई सुपर लयर सम्मान प्रदान गरिएको छ । यस अघि कानुन व्यावसायी खगेन्द्र क्षेत्रीलाई २०१५ मा पहिलो पटक कानुनी सेवा मार्फत अमेरिकी समाजमा पुर्याएको योगदानको कदर गर्दै सुपर लयर सम्मान प्रदान गरिएको थियो । सुपर लयर छनौट गर्ने संस्थाले उनलाई गत शुक्रबार दोस्रो पटक सुपर लयर सम्मान प्रदान गरिएको जानकारी गराएको थियो । कोलम्बिया युनिभर्सिटीबाट जेडी र फोरदाम युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर क्षेत्रीले ८० कै दशक देखि अमेरिकी भूमिमा व्यावसायिक कानुनी सेवा सुरु गर्नु भएको थियो भने उहाँको कानुनी सेवा केन्द्र यतिबेला व्यावसायिक सफलता सहित संयुक्तराज्य अमेरिकाको मुख्य शहर र मातृभूमि नेपालमा समेत विस्तार गरिएका छन् । प्रत्यक बर्षको अमेरिकी सुपर लयर सम्मान प्राप्त गर्ने व्यक्तिको विवरण प्रसिद्ध समाचार संस्था न्युयोर्क टाइम्सले प्रकाशन गर्ने गर्छ ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्का सदश्य एवं नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक समेत रहेका क्षत्रीले नेपाल अधिराज्यको संबिधान २०७२ मा नेपाली नागरिकता निरन्तरताको लागि खेलेको भूमिका र र बन्ने कानुनमा अधिकार संरक्षणको लागि गरिरहेको बहस र पैरवि डाएस्पोराको नेपालीका हकमा उल्लेख्य उपलब्धि मानिदै आएको छ । नेपाल अधिराज्यको संबिधान २०४७ को निर्माणमा समेत डाएसपोराको प्रतिनिधत्व गर्नु भएका क्षेत्री नेपाली अमेरिकनको अभिभावकका रुपमा समेत चिनिनु हुन्छ । उहांलाई दोस्रो पटक सुपर लयर सम्मान प्रदान गरिएकोमा गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पाको प्रतिक्रिया थियो, ‘यो सम्मान अमेरिकामा नेपाली जातिको सम्मान हो र अमेरिकी मुलधारमा नेपाली अमेरिकनको सामाजिकीकरणको सुखद सुरुवात र महत्वपुर्ण उपलब्धि हो ।’ उनले भने, ‘नेपाली अमेरिकनका अभिभावक जिसीलाई शुभकामना ।’ स्मरण रहोस एनआरएनए र डाएसपोराका सयौं संघ संस्थाले कानुन ब्याबसायी क्षेत्रीलाई दोस्रो पटक सुपर लयर सम्मान प्रदान गरिएकोमा बधाई र शुभकामना व्यक्त गरेका छन् ।

५ बैशाख २०७३, आईतवार ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..