हंगकंगमा उपेन्द्रको कविता र अन्तक्रिया

हंगकंग । “छोराको कुरा नपत्याएर भन्दा पनि एउटी राम्री केटी देखेर मलाई बोल्न मन लागिहाल्यो । मैले उसलाई भनिहाले ‘ओइ नानी, तिम्रो पेटीकोट के साह्रो पातलो ? के लगाको त्यस्तो ?”

नेपाली गाउँ घरको जनजिब्रोमा झुन्डिएका शब्द अनि परिवेशलाई साहित्यमा मिसाएर ब्यङ्ग्यसँगै मार्मिकता पस्कन खप्पिस साहित्यकार, लेखक, कवि उपेन्द्र सुब्बा गत आईतवार हङ्कङमा देखा परे । समिक्षक समाज हंगकंगको निमन्त्रणामा आएका उनले मनु कन्दङ्वाको कविता संग्रह ‘बलिहाङतङनाम’ (मेरो मानसपटलमा) विमोचन सँगै आफ्ना उत्कृष्ट श्रृजना पनि सुनाउँन भ्याए । याउ मा तेई स्थित फ्रेन्डसीप क्लवमा आयोजित कार्यक्रममा उपस्थित हङ्कङेली दर्शकहरुले सुब्बाको कविता र नेपाली साहित्य सम्वन्धि अन्तक्रिया पनि गरेका थिए ।

उनै उपेन्द्र सुब्बा जसको पहिलो कथा संग्रह ‘लाटो पहाड’ले यस बर्षको ‘पद्मश्री पुरस्कार’ प्राप्त गरेको छ । उनको लेखकीय क्षमता सिनेमामा पनि देखिई सकेको छ । उनले ‘कबड्डी’ सिनेमाबाट उत्कृष्ट स्क्रिप्टको राष्ट्रिय अवार्ड प्राप्त गरे । जसको सिक्वेल ‘कबड्डी कबड्डी’को सफलताले त नेपाली सिनेजगतमा उनलाई अझ बलियो सम्भावना दिलाएको छ ।

२९ चैत्र २०७२, सोमबार २१:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राईविरुद्ध..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..