विश्वमा ४२ करोडलाई मधुमेह

संयुक्त राष्ट्रसङ्घ, २५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बुधबार दिएको एक जानकारी अनुसार विश्वमा सन् १९८० बाट हालसम्म ४२ करोड २० लाख प्रौढ व्यक्ति मधुमेह रोगबाट प्रभावित भएका छन् ।

उक्त रोग प्रायःजसो विकासशिल देशमा देखापरेको पनि डब्लुएचओले प्रष्ट पारेको छ । तौलमा वृद्धि नै यस रोगको प्रमुख कारण भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले जानकारी दिनुभएको छ ।

विश्व स्वास्थ्य दिवस अप्रिल ७ को पूर्वसन्ध्यामा डब्लुएचओले मधुमेह रोगसम्बन्धि विश्वको प्रतिवेदन तयार गरेको थियो ।

सो प्रतिवेदनमा यसको रोकथाम र उपचारको आवश्यतालाई विशेष महत्व दिइएको डब्लुएचओका महानिर्देशक मार्जरेट चानले बताउनु भएको छ ।

निर्देशक चानले यदि हाम्रीले मधुमेह रोगलाई बढ्नबाट रोक्ने हो भने, हाम्रो दैनिक जिवनमा पुनःविचारको आवश्यक रहेको बताउनु भएको छ ।

हाम्रो खानपानको आदतमा परिवर्तन, शाररिक व्यायाममा वृद्धि र तौल वृद्धि कम गराउने जस्ता क्रियाकलापहरु बढाउनुपर्ने उहाँले बताउनु भएको छ ।

मधुमेहले हृदयघात, मृगौलाले काम नगर्ने जस्ता भयानक रोगहरु निम्त्याउने र सन् २०१२ का मधुमेहबाट १५ लाख व्यक्तिको मृत्यु भएको सो प्रतिवेदनमा जनाइएको छ ।

२५ चैत्र २०७२, बिहीबार २१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..