राजधानीमा हङकङ फ्लू , दोलखामा तीन हजार संक्रमित भेटिए

काठमाडौं, ३० फागुन । राजधानीलगायत मुलुकका केही जिल्लामा ’हङकङ फ्लू’ प्रकोपको संक्रमण फैलिएको छ। राजधानी र बाहिर केही जिल्लाका बिरामीबाट नमूना संकलन गर्दा ‘हङकङ फ्लू’को संक्रमण फैलिएको भेटिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार फेब्रुअरीको पहिलो साताबाट सुरू भएको यसको संक्रमणबाट दोलखा जिल्ला अत्यधिक प्रभावित बनेको छ। दोलखाको चरिकोट नगरपालिका र सुन्द्रावति गाविसमा ‘हङकङ फ्लू’का बिरामी धेरै भेटिएका छन्।

महाशाखाका निर्देशक बाबुराम मरासिनीका अनुसार दोलखामा तीन हजार बिरामी फेला परेका छन्। उनका अनुसार अछाम र दैलेखमा पनि यो संक्रमण फैलिइसकेको छ। स्वासप्रश्वासबाट सर्ने रोग भएकाले यो संक्रमण देशैभरि फैलिन सक्ने महाशाखाको चेतावनी छ।

’सरूवा रोग भएका कारण यो रोगको संक्रमण देशभरि नै पुग्न सक्छ,’ मरासिनीले भने, ’सचेतना जगाउनेबाहेक यसको उपचार छैन।’ तीन चार सय जनामध्येमा एक दुई जनाको मात्र ज्यान खतरामा पर्नसक्ने जनाउँदै महाशाखाले ‘सचेत हुन’ सल्लाह दिएको छ।

’यो एकप्रकारको भाइरस हो, यसले मान्छेलाई मारिहाल्दैन तर अत्यन्तै सताउँछ,’ मरासिनीले भने, ’औषधि खाएर निको हुने हैन, आफ्नो व्यक्तिगत सरसफाइ र हिँडडुल गर्दा विचार पुर्याउनुपर्छ ।’ महाशाखाका अनुसार यो संक्रमण तीन चार वर्षयता नेपालमा देखिएको हो। एकपटक देखिएर हराएको यो रोगको प्रकोप यसपालि निकै नै फैलिइसकेको जानकारी महाशाखाले दिएको छ।

१ चैत्र २०७२, सोमबार ००:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..