ढाड भाँचिएर घाइते गुल्मीकी हिमालाई न्युयोर्कबाट मैनालीको सहयोग

न्युयोर्क । गुल्मी रेसुंगा नगरपालिका १४ मा बस्दै आएकी बर्ष ३० की हिमा तङनामी मगरलाई न्युयोर्क निवासी चर्चित नेपाली रक्तदाता अर्जुनप्रसाद मैनालीको पहलमा बारी किनिदिने जनाइएको छ । अन्तर्राष्ट्रिय महिला दिवश ८ मार्चका अवशरमा हिमालाई करिब एक रोपनी बारी किनिदिनका लागि आफूले पहल सुरु गरेको र सहयोग गर्न इच्छुकले मार्च १ सम्म आफूलाई सम्पर्क गर्न मैनालीले अनुरोध गर्नुभएको थियो । कतैबाट सहयोग नजुटे आफू एक्लैले भएपनि सहयोग गर्ने मैनालीको भनाई छ ।
गत भदौ २४ मा साँझ दाउरा काट्न रूख चढ्दा रुखबाट खसेर हिमाको ढाड र पेटमा गम्भीर चोट लागेको थियो । उनको ढाडदेखि तलको भाग नचल्ने भएको छ भने अवस्था चिन्ताजनक रहेको छ । तानसेन–तम्घास सडकखण्डको उर्लेनीमा ढुङ्गा जिविका चलाउँदै आएका दम्पत्तिले त्यसैबाट दस बर्षकी छोरी सहित तीन सन्तानको पालनपोषण गर्दै आएका थिए । उनीहरुको १३ बर्षको छोरो भारतमा काम गर्न गएका छन् । गरिब हिमा घाइते भएपछि पीडा थाम्न नसकेर श्रीमान कृष्णबहादुर तङनामी मगरले एक महिनाअघि विष सेवन गरेका थिए । उनलाई छिमेकीहरूले पाल्पा अस्पताल लगेपछि उनी बाँच्न सफल भएपनि काम गर्न सक्ने अवस्थामा छैनन् । श्रीमती बचाउन नसक्ने देखेपछि श्रीमान भएर बाँच्नुको अर्थ नभएको भन्दै उनले विष सेवन गरेका थिए ।

३० फाल्गुन २०७२, आईतवार ००:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..