राष्ट्रिय कविता महोत्सव चैत १४ गते

काठमाडौँ, २८ फागुन । नेपाल प्रज्ञा प्रतिष्ठानले आउँदो चैत १४ गते राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । पटक पटक विभिन्न कारणले स्थगित हुन पुगेको सो महोत्सव यस पटक निर्धारित समयमा गर्न लागिएको हो ।

प्रतिष्ठानका प्रज्ञा सभा सदस्य शशि लुमुम्बुले उक्त महोत्सवका लागि प्रतिस्पर्धामा ३१ कवि छनोट गरिएको र त्यसमध्ये पाँचजना उत्कृष्ट छानिने जानकारी दिनुभयो । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा असार ९ गते गर्नुपर्ने उक्त महोत्सव भूकम्पका कारण स्थगित भई असोजमा गर्ने भनिएकोमा नाकाबन्दीका कारण पुनः स्थगित भएको थियो ।

प्रतिष्ठानले महोत्सव माघ २७ मा गर्ने भनी पुनः मिति तय गरेको भएपनि पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण यही फागुन ४ गते सारिएकोमा अनेरास्ववियुको निर्वाचनका कारण पुनः स्थगित गरिएको थियो । रासस

२८ फाल्गुन २०७२, शुक्रबार ११:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..