रामचन्द्रको हार र शशांकको जीतले उब्जाएका प्रश्न

ठेक्कापट्टामा लिप्त कांग्रेस कार्यकर्ता नागरिकको होइन, आफ्नो काठमाडौँमा दरवारजस्तो घर होस्, प्लटिङ गर्ने जग्गा होस्, हातमा आइफोन होस्, छोराछोरी पढाउने बोर्डिङ स्कुल होस्, उपचार गर्न विदेश जान पाइयोस् भन्ने चाहना राख्छन्

कांग्रेसको १३औँ महाअधिबेसनमा संस्थापन भनिएका रामचन्› पौडेलले शेरबहादुर देउवासँग भारी मत अन्तरले हार्नु र पौडेल प्यानलका महामन्त्री शशांक भारी मतान्तरले विजयी हुनुले थुप्रै प्रश्न उब्जाएको छ।

प्यानलको राजनीतिमा मत विभाजन हुँदा केही तलमाथि हुन्छ तर एउटै प्यानलको सभापतिले पाँच सय मतले चुनाव हार्ने र त्यही प्यानलका महामन्त्रीले चार सय मतले चुनाव जित्ने। यस्तै हुने भएर होला भएर सायद राजनीतिमा जे पनि हुन्छ भन्ने कुराले स्थान पाएको।
रामचन्›को हारसँगै निष्ठाको राजनीति समाप्त भएको हो? बिरासतको राजनीति गर्ने अझै बलिया हुँदैगएका हुन्? सभापतिमा देउवाले जित्नु बिरासतको राजनीतिलाई निरन्तरता दिने अध्याय हो। पराजयका कारण पौडेल आफू मात्र थिएँ वा राजनीतिक चलखेल वा शक्ति केन्›को खेल थियो? आफ्ना थुप्रै अवगुणका वावजुद पनि देउवा कसरी सफल भए? नयाँ संविधानले प्रत्याभूत गरेको परिवर्तनलाई सजिलै आत्मसात् गर्न नसक्ने र ठीक विपरीत विचारका देउवा दुबैलाई जिताएर कार्यकर्ताले ४०/६० को राजनीतिलाई अन्त्य गर्ने सन्देश दिएका हुन् वा यो नतिजा भविष्यमा कांग्रेस नेतृत्व कसले लिने भन्ने लाइन स्पष्ट बनाएका हुन्? माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका सिटौला र सबैको आशाका केन्› बनेका गगनमाथि कार्यकर्ताले गरेको अन्यायलाई कसरी बु‰ने? ती तमाम प्रश्नको उत्तर कांग्रेसजनले खोज्नुपर्ने भएको छ।

राजनीतिक चलखेलबाहेक रामचन्›ले हार्नुका थुप्रै कारण छन्। संस्थापनको पगरी गुथेकै भरमा सबै मै हुँ भन्ने सोंच पौडेललाई अभिसापसाबित भयो। देशको सबैभन्दा पुरानो, तीतीनवटा क्रान्तिमा नेतृत्व गरेको, लोकतान्त्रिक पार्टीले आम जनतामा आफ्नो योगदानअनुसारको छाप छाड्न सकेको छैन। पार्टीको आन्तरिक जीवनमा कहिल्यै लोकतन्त्र मौलाउन नसक्नु, भातृसंगठन लथालिङ्ग बनाउनु, पछिल्ला दिनमा अन्य दलहरुसँग स्थापित सम्बन्ध कमजोर बन्दैजानु, राजनीतिक अडानमा विश्वसनीयता गुम्दैजानु, प्रभावकारीरुपमा प्रतिपक्षको भूमिका खेल्न नसक्नु, ठुलो दलको हैसियतले मधेसको समस्यामा ठोस निकास दिन पहल नगर्नु, सबैभन्दा ठुलो पार्टी भएर पनि सरकार, राष्ट्रपति, सभामुखजस्ता राज्यसंयन्त्रमा उपस्थिति नहुनु आदि कुराको दोष संस्थापन पक्षको हुनुको नाताले सुशीलको देशवसानपछि पौडेलले लिनु पर्यो। स्वाभाविकरुपमा त्यसको फाइदा देउवाले उठाए। पार्टीमा मौलाउँदैगएको अराजकताबाट दिक्क भएर परिवर्तन चाहने कार्यकर्ताले देउवालाई रोजे।

पौडेलले ध्यान नदिएको अर्को पक्ष समावेसीता थियो। वीपीले ६०/६५ बर्ष पहिले राजनीति गर्दा, जतिबेला आम नेपालीले समाबेसी राजनीतिको अनुभूत गरेका थिएनन् र पछि कृष्णप्रसाद भट्टराई सभापति हुने बेलासम्म दलमा सबै बर्ग, क्षेत्र, जात, धर्मका मानिसका प्रतिनिधित्व हुनुपर्छ भन्ने ध्यान दिएको देखिन्छ। कांग्रेसको आधारभूमि रहेको तराईबाट महेश्वरप्रसाद सिंह, परशुराम चौधरी, महेन्द्रनारायण निधी, शेख ई›िस र पछिल्लो चरणमा महन्थ ठाकुरहरुले पार्टीमा राम्रो स्थान पाएका थिए। भीमबहादुर तामाङ, कुलबहादुर गुरुङहरुले जातीय प्रतिनिधित्व भन्दै कांग्रेसमाथि पर्ने गाल बचाएका थिए। अहिले दलमा मधेस र जनजाति नेताहरुको बिउ खोज्नुपर्ने भएको छ। तर जति बाँकी छन्, उनीहरुलाई पनि मिलाएर लैजान सकेनन्। एकातिर कांग्रेसको आधारभूमि मधेस रित्तो हुँदैछ भने अर्कातिर सहभागिताका नाममा कमजोर मान्छे छान्ने काम भइरहेको छ। न त पछिल्लो पुस्ताका नेविसंघबाट उदाएका गगनलगायतका युवालाई विश्वासमा लिन सके।

कांग्रेस परम्परावादी पार्टी हो। वीपी, गणेशमान, गिरिजाका उत्तराधिकारीलाई लिएपछि सजिलै चुनाव चितिन्छ भने उनको मूल्याङ्कन कमजोर बन्न पुग्यो। उनीहरुले पौडेलले गरेको योगदान र उनको निष्ठाको कदरभन्दा पनि उनलाई भर्याङ बनाएर अर्को पटक बागडोर सम्हाल्ने चाल थियो। त्यो पुरा गरेरै छाडे। चुनावअगाडि नै केही संकेत देखिएता पनि उनले त्यसलाई बुझ्न सकेनन्। पौडेल थर हार्दा संस्थापक हार्दैन तर कोइराला थर हार्दा संस्थापन हार्छ भनेर मतदातालाई सन्देस पुराईयो। रामचन्›को भन्दा शंशाकको जितलाई महत्व दिँदै सबैखाले राजनीतिक फिक्सिङ भएको रामचन्›ले चाल पाएनन् वा पाएर पनि त्यसको व्यवस्थापन गर्न सकेनन्।

८०५ मतदाता ४५ बर्ष मुनिका थिए र यो पुस्ताले पहिलो पुस्ताको नेतालाई बिर्सिसकेको अनुमान गरिएको थियो। बिपीलाई …यो दाह्रीवाल बूढा को हो’ भन्ने पुस्ता आइसकेको थियो। यसै पनि विरासतको राजनीतिबिरुद्ध कांग्रेसमा ठुलो जमात छ। देलान् र खाम्ला होइन खोसेर लिनुपर्छ भन्ने भावनाले देउवा र गगनहरु जन्मिए। सिटौलाहरु जन्मिएका छन्। यस्तो अवस्थामा बिरासतले मात्र शंशाकले पहिलो चरणमा देउवाले ल्याएजतिकै हाराहारी मत ल्याउन सक्छन् भन्ने कुरा पत्याउन गाह्रो छ। रामचन्›ले हार्दा बिपी र गणेशमानले हार्छ भनेर तर्साइयो तर त्यो कुरा किन मतमा रुपान्तरण हुन सकेन?

मातृकाप्रसाद कोइरालाको अपवादलाई छाडेर कांग्रेसभित्रको लडाइँ कोइरालाहरु र उनीहरुको ईतर बीचमा छ। टंकप्रसाद आचार्यदेखि गणेशमान, कृष्णप्रसादसम्म। गिरिजाप्रसाद कोइरालासँग गणेशमान र कृष्णप्रसादले हार खाएर पार्टीबाट बाहिर बसेका बखत उनीहरुको सहानुभूतिमा देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिकको नेतृत्व लिए। उनको यो कदमले नेपाली कांग्रेस र नेपालको राजनीतिमा के कति असर गर्यो छलफलको छुट्टै विषय हो। तर उनले आफ्नो राजनैतिक भविष्य जोखिममा राखेर उठाएको कदमले उनलाई कोइरालाविरोधी शक्तिको रुपमा स्थापित गर्याे। २०५० सालको सेरोफेरोमा गणेशमान र कृष्णप्रसादहरु संस्थापकबाट अपमानित भएको सम्झने कार्यकर्ताले देउवालाई रोजे। भलै यो कुरा प्रकाशमानले बिर्सेको अभिनय गरे। जोखिम लिएर निर्णय गर्न र कित्ता छुटाउन पौडेल देउवा भन्दा पछि परे।

चुनावीे व्यवस्थापन गर्न नसक्नु र कार्यकर्ताको डायनामिक्स बु‰न नसक्नु हारको अर्को कारण थियो। हरेक नागरिकको मेरोजस्तो एउटा सानो घर होस्, गरिखान पुग्ने खेतबारी होस, एउटा दुहुनो गाई होस्, छोराछोरी स्कुल पढ्न पाऊन्, स्वस्थ्य उपचार गर्न पाऊन् भन्ने बिपीले गरेको कल्पना अहिलेका कार्यकर्तालाई कथाजस्तो लाग्छ। यद्यपि आमजनजीविका बिपीले कल्पना गरेजस्तै छ। ठेक्कापट्टामा लिप्त कार्यकर्ता नागरिकको होइन आफ्नो काठमाडांैमा दरवारजस्तो घर होस्, प्लटिङ गर्ने जग्गा होस्, हातमा आइफोन होस्, छोराछोरी पढाउने बोर्डिङ स्कुल होस्, उपचार गर्न विदेश जान पाइयोस् भन्ने चाहना राख्छन्। सरुवाबढुवाका ठेकेदार नै बनेर मोटो रकम कमाउँछन्। यस्ता कार्यकर्तालाई संयोजन गरेर लैजान पौडेल भन्दा देउवा सफल भए। पौडेल व्यावहारिकरुपमा कार्यकर्तामाझ परिवारलाई मात्र महत्व दिने र कार्यकर्ताका लागि मुठी कहिल्यै खोलेनन् भन्ने आम गुनासा पनि पौडेलका लागि घातक बन्यो।

पौडेलले दलमा पैसाको प्रभावविरुद्ध आफू उभिएको बताए तर भ्रष्टाचारमा लिप्त भनेर चिनिएका खुमबहादुरहरुलाई अन्तिमसम्म आफूतिर तान्न कोसिस पनि गरे। आम नेपालीको नजरमा खुमबहादुर प्रवृत्तिका नेताहरु अलोकप्रिय भए पनि कार्यकर्तामा उनीहरुको पकड छ भन्ने देउवाले बुझेका थिए। सार्वजनिकरुपमा जोखिम लिएर उनीहरुको संरक्षण गरे। खुमबहादुर प्रवृत्तिका नेताका खुलेर विरोध गर्न सकेको भए एक कोणका कार्यकर्ताबाट पौडेललाई सहानुभूति हुन्थ्यो। तर यस्तो विषयमा पनि सधैँ झैँ मध्यममार्गी भए। न त प्रतिरोध नै गर्न सके न त साथमा लिन।
सही समयमा सही निर्णय गर्न नसक्नु पौडेलको अर्को कमजोरी बन्यो। विगतका कुरालाई बिर्सेर यही चुनावको उदाहरण हेरौं। पहिलो चरणको चुनावमा ४०० मतको अन्तरले हारेका पौडेलले ११ मत नपुगेका देउवालाई दोस्रो चरणमा कुनै पनि कोणबाट हराउन सक्दैनथे। ४१ जिल्लाका सभापतिले आफ्नो पक्षमा विज्ञप्ति जारी गर्दा समेत पौडेलले त्यसको व्यवस्थापन गर्न सकेनन्। दोस्रो चरणको चुनावमा देउवाले आफ्ना मत कायम राखे मात्र पुग्थ्यो भने तेस्रो स्थानमा भएका सिटौलाका सबै मत पौडेललाई गएको भए पनि देउवाको जित निश्चित थियो। यदि दोस्रो चरणमा सिटौलाको सहयोग पौडेललाई हुन्थ्यो भने उनी पहिलो चरणमा नै उठ्ने थिएनन्। सिटौला गगन थापाको बुइँ चढेर मात्र होइन, अन्य लुकेको बलमा मैदानमा छन् भन्ने सामान्य आँकलन गर्न पनि सकेनन्। कार्यकर्ताको मतलाई कदर गर्दै देउवालाई दोस्रो चरणमा सर्वसम्मत् छाडी मन ठुलो बनाएको भए कार्यकर्तामा उत्साह पनि थपिने थियो। एकताको सन्देश पनि जाने थियो र आफ्नो राजनीतिक भविष्य पनि सुरक्षित हुने थियो। अहिले नै सभापतिमा उठ्न तम्सिएका प्रकाशमान, शंशाक, सुजाताहरुले अर्कोपटक पौडेलको लागि भनेर छाड्ने छैनन्। अर्कोपटक उनी न घरका न घाटका हुनेछन्। महामन्त्रीमा शशांकको आगमन नै पौडेलका लागि अबको राजनीतिक बाटो सदाका लागि बन्द हुनु हो।

देउवाको विजयले उत्साहसँगै चिन्ता पनि छाएको छ। नेतृत्व कोइराला परिवारबाट बाहिर जाँदा कांग्रेस सकिन्छ कि भन्ने चिन्ता गर्नेहरु एकथरी छन्। निष्ठाको राजनीति गर्नेहरु बाहिरिने र भ्रष्टाचारीहरु मौलाउने हुन् कि भन्ने चिन्ता गर्ने पनि त्यति नै छन्। पजेरो संस्कृति, सांसद् किनबेच, प्रजातन्त्रलाई जोखिममा राख्ने, सत्तालिप्सा जस्ता थुप्रै नकारात्मक कुरासँग जोडेर आम नेपालीले देउवालाई हेर्छन्। उनले राजनीतिक दर्शन बुझेका छैनन् वा बुझेको भए पनि आम नेपालीलाई बुझाउन सक्दैनन्। यस्तो परिस्थितिमा नेपाली कांग्रेसले अरु दलहरुसँग आगामी दिनमा कसरी प्रतिस्पर्धा गर्ला भन्ने कार्यकर्ताको प्रश्न अस्वाभाविक होइन।

कांग्रेस नेताहरु सिद्धान्तभन्दा पनि गुटबन्दी र अन्य स्वार्थले विभाजित छन्। कांग्रेसमा अहिले बिस्तारै दुई धारको बिकास मौलाउँदैगएको छ। नयाँ संविधानले प्रत्याभूत गरेको परिवर्तनलाई आत्मसात् गर्ने र यसकाप्रति केही रिजर्भेसन राख्ने। पदीय तहबाट बाहिरिएका सिटौला, गगनहरु परिवर्तनलाई आत्मसात् गर्ने पक्षमा भए पनि शशांक, शेखरहरु परिवर्तनलाई सजिलै ग्रहण गर्न सकेका छैनन्। आफ्नै नेतृत्व सरकारले जारी गरेको सविधानबिरुद्ध बोल्ने शशांकले दिएको अभिव्यक्तिले कार्यकर्ताबीचमा आशंका छाएको छ। शशांकले त्यो कुरा कम राजनीतिक अनुभवका कारणले आफैँले भनेका थिए वा कहिकतैबाट आएको हो? यो बिषयलाई महाधिबेसनको बन्दसत्रमा घनिभूत छलफलमा ल्याउन शशांक, शेखरहरुले किन आँट गर्न सकेनन्? किन महाधिबेसनमा शशांकले बोलेको कुरामा विरोध भएन? शंका गर्ने थुप्रै ठाउँ छन्। एकातिर मुलुकको अस्थिर राजनीति अर्कातिर शंकास्पद् कुराहरु नेतृत्व तहबाटै हुनुले सडकमा छताछुल्ल आशंका लागि बल मिल्छ।

यी चुनौतीबीच देउवाले आफूलाई कसरी उभ्याउलान्? पुरानै संस्थापकले जस्तो आफैँ ठाउँ ओगटेर बस्लान् वा युवालाई स्थान देलान्? बदलिँदो परिस्थितिमा युवाले पार्टीहरु भावी दिशा र राजनीतिक परिवर्तनलाई आत्मसात् गर्दै देशको आर्थिक बिकासको गोरेटो कोर्न सक्छन् भन्ने भरोसा गरेभने देउवा सफल हुन सक्छन्। होइन फेरि गुटउपगुटलाई नै संरक्षण दिने हो भने हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ।

२६ फाल्गुन २०७२, बुधबार २३:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..