अस्पतालमा औषधि अभावले उपचार सेवा प्रभावित

गौशाला, १७ फागुन । लामो समयदेखि महोत्तरीका जिल्ला अस्पताल जलेश्वरलगायत जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा रहेका सम्पूर्ण सरकारी अस्पतालमा औषधि अभावका कारण उपचार सेवा प्रभावित भएको छ ।सरकारद्वारा बिरामीलाई निःशुल्क रूपमा वितरण गरिने भनिएको आधारभूत औषधिसमेतको अभाव भएपछि जिल्लाका सम्पूर्ण सरकारी अस्पतालमा उपचार सेवा प्र्रभावित बनेको चिकित्सकले बताएका छन् ।

जिल्ला सदरमुकाममा रहेका जिल्ला अस्पताल जलेश्वर, प्राथमिक स्वास्थ्य केन्द्र, उपस्वास्थ्य चौकी र सहरी क्लिनिकसहित सम्पूर्ण स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएपछि सर्वसाधारण बिरामीको उपचार सेवा प्रभावित बनेको चिकित्सक बताउँछन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सरकारले निःशुल्क वितरण गर्दै आएको आधारभूत एवम् अत्यावश्यक औषधिको अभावका कारण चिकित्सकले लेखेको प्रेस्क्रिप्सन लिएर सर्वसाधारण औषधि लिन जिल्ला सदरमुकाम जलेश्वरका विभिन्न निजी औषधि पसल र कतिले सीमापारि भारतीय बजारमा समेत जान बाध्य भएका छन् ।

महोत्तरीमा जिल्ला अस्पताल जलेश्वर, बर्दिवास अस्पतालसहित पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्र, ६८ स्वास्थ्य चौकी र जलेश्वरमा रहेको सहरी क्लिनिकमा समेत लाइफ सेफ ड्रगका साथसाथै जीवनजल, सिटामोल, आइरन चक्की, स्लाइन पानी, एन्टिबायोटिक औषधि, भ्याक्सिन, इन्जेक्सन आइटम र आकस्मिक कक्षमा आएका तथा शल्यक्रिया गर्दा प्रयोग गरिने औषधिको अभाव भएको छ ।

जिल्ला अस्पतालमा औषधिका साथै रगत, दिसापिसाब, जाँच गर्ने प्रयोगशालामा समेत केमिकल अभाव भएको छ । त्यस्तै सर्पदंशविरुद्ध चाहिने एन्टी स्नेक भेनम र कुकुरको टोकाइविरुद्ध रविपुर एन्टी रेबिज औषधिको अभाव रहेको छ ।

त्यस्तै झाडापखालाको मेट्टोन, ग्यास्ट्रिकको एन्टासिड, गर्भवती महिलाका लागि आइरन चक्की, टिटी खोप, बालबालिकाको बिसिजी, टिपिटी खोप तथा क्षयरोगका बिरामीको औषधिको अभाव भएको हो ।

सुत्केरी बेथा लागेका महिलाको आकस्मिक शल्यक्रिया गर्दा बेहोस बनाउने भ्याक्सिन बुपिभ्याक्सिन र दुखाई कम गर्ने पेथिडिनको अभावका कारण शल्यक्रिया सेवा प्रभावित भएको छ ।

अस्पतालको ओपिडी र इनडोरमा भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, स्केक वाइटलगायतका विभिन्न रोग फैलिने मौसम भएकाले दैनिक १०० देखि १५० जनासम्म विरामी अस्पतालमा उपचारका क्रममा आउने गरेको छन् ।

जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा जीवनजल, जिङ्क, सिटामोललगायत सरकारले उपलब्ध गराउँदै आएका ७० प्रकारका औषधि नहुँदा उपचार गर्न निकै गाह्रो भएको जिल्ला अस्पताल, जलेश्वरले जनाएको छ । रासस

१७ फाल्गुन २०७२, सोमबार २३:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..