थापा उत्कृष्ट एनआरएन घोषित

काठमाडौ, १७ असार । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिकी महादेशका कार्यवाहक संयोजक हिक्मत थापालाई वि.सं २०६८ का लागि सर्वोत्कृष्ट एनआरएनका रुपमा घोषणा गरिएको छ ।
सोलिडारिटी ट्रष्ट, नेपालको आफ्नै कार्यालयमा आयोजित समारोहमा उहाँलाई सर्वोत्कृष्ट एनआरएनको उपमा दिइएको हो । नाइजेरियामा समस्यामा परेका नेपालीलाई निःस्वार्थ भावले गरेको सहयोग, नेपालीहरुको एकताका लागि पु¥याएको योगदान तथा अफ्रिकामा उहाँले गरेको उद्धार तथा राहतको मूल्यांकन गर्दै उनलाई ट्रष्टले सम्मानित गरेको हो । सो कार्यक्रममा प्रमुख अतिथि रहेका गैरआवासीय नेपाली संघका संस्थापक एवम् संरक्षक भिम उदासको हातबाट उहाँलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो भने अष्ट जका अध्यक्ष एवम् ट्रष्टका सल्लाहकार लोककृष्ण भट्टराईले खादा ओढाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भिम उदासले सोलिडारिटी टष्टले हिक्मत थापा जस्तो उच्च मात्र होइन उत्तम व्यक्तिलाई सम्मानित गर्नुभएको भन्दै यो राम्रो कामको सुरुवात हो, भन्नुभयो । ऐक्यबद्धता मासिकले एनआरएनए गठन देखि देखाएको भावबाट एनआरएनलाई संगठित हुने प्रेरणा मिलेको बताउनु हुँदै आगामी दिनमा पनि ऐक्यबद्धतासँग सहकार्य गर्दै संगठन विस्तारमा ध्यान दिनु पर्ने धारणा राख्नुभयो । एनआरएनएमा राम्रा नराम्रा थुप्रै पक्ष छन्, तर त्यसलाई सकारात्मक रुपमा लिएर एनआरएनए अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । देशभित्रका नागरिकको सुरक्षा त राज्यले गर्दछ तर विदेशमा गएका नेपालीको हकहितको सुरक्षा कसले गर्ने ? विदेशमा नेपालीका समस्यामा समाधानमा पहल गर्ने तथा हक अधिकारको संरक्षण गर्न एनआरएनए गठन गरिएको स्पष्ट पार्नुभएको थियो । कमाएर पठाएको रेमिट्यान्स आउँदा सरकार खुशी हुने तर त्यही नेपालीले दुःख पाउँदा भने सहयोग गर्न नसक्ने राज्यको कस्तो न्याय हो यो ? उहाँले सरकारसँग प्रश्न गर्दै यस्ता सम्मानले धेरै हिक्मत थापाहरु जन्मने विश्वास व्यक्त गर्नुभएको थियो ।
ऐक्यबद्धता ट्रष्ट नेपालका अध्यक्ष नीलकण्ठ तिवारीले टष्टको बारेमा प्रकाश पार्दै सम्मानित व्यक्तित्व हिक्मत थापाले ‘नेपालीका लागि नेपाली’ भन्ने एनआरएनएको भावलाई हृदयदेखि नै काममा उतार्नु भएकोले वि.सं २०६८ का लागि सर्वोत्कृष्ट एनआरएनको रुपमा उहाँलाई सम्मान गरेको बताउनु भयो । सम्मान गर्न लायक धेरै एनआरएन हुँदा हुँदै पनि थापाको मूल्यांकन उच्च हुन पुगेको बताउँदै प्रत्येक वर्ष एक एनआरएनलाई सम्मान गर्ने घोषणा गर्नुभएको थियो ।
अष्ट ज अभियानका अध्यक्ष तथा सोलिडारीटी ट्रष्टका सल्लाहकार लोकृकृष्ण भट्टराईले द्वन्द्वग्रस्त मुलुकमा बसेर पनि हिक्मत थापाले नेपाल र नेपालीको सेवा गर्नु महत्वपूर्ण पक्ष भएको बताउँदै यस्तो व्यक्तित्वलाई ट्रष्टले सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
आफूलाई सोलिडारिटी टष्टले सम्मान गरेकोमा खुशी व्यक्ति गर्दै भन्नुभयो “मैले साधारण कार्यकर्ताको हिसाबले केही सानो काम मात्र गरेको हुँ, तर अहिले मलाई मैले केही गरेको रहेछु भन्ने अनुभूति भएको छ । एनआरएनएका अभियान्ता भिम उदासको हातबाट सम्मानित हुन पाउँदा आज मलाई धेरै खुशी लागेको छ, जति मलाई एनआरएनए अफ्रिका महादेशको कार्यवाहक संयोजकमा चयन हुँदा पनि लागेको थिएन ।”
समस्यामा पर्दा नेपालीलाई उद्धार गर्ने क्रममा उनीहरुसँग डकुमेन्ट नहुँदा निकै कठिनाइ हुने गरेका उदाहरण प्रस्तुत गर्दै उहाँले सरकारसँग जिज्ञासा राख्नु भयो – कि त ति देशहरुमा जान बन्देज लगाउनु पर्यो  होइन भने आफ्नै देशबाट श्रम स्वीकृति लिएर जान प्रेरित गर्नु पर्नेमा दूतावासै नभएका ठाउँबाट पनि डकुमेन्ट ल्याउनु पर्ने जस्ता जटिलता देखाएर हतोत्साहित गर्ने काम गरेकाप्रति सरकारको ध्यान जानु पर्र्ने धारणा राख्नुभयो ।
कार्यक्रमको अन्तमा सबैलाई धन्यवाद ज्ञापन गर्दै ऐक्यबद्धता सम्पादक मीना शर्माले धेरै मानिस पैसाका कारण समाजसेवी भए पनि हिक्मत थापा सेवाभावले समाजसेवी भएको मूल्यांकन सोलिडारिटीले गरेको भन्दै उहाँको समाजसेवालाई अरुले पनि सम्मान गर्ने बताउनु भएको थियो । कार्यक्रमका संचालन ऐक्यबद्धता मासिकका कार्यकारी सम्पादक रामकृष्ण शर्माले गर्नुभएको थियो ।
गत जनवरी २० मा नाइजेरियाको एक दंगामा परी निधन भएका दुई नेपालीको लास नेपाल ल्याउन, क्षतिपूर्ति दिलाउन, एजेन्टहरुद्वारा ठगिएका नेपालीको उद्दार गर्न, तान्जानियाको जेलमा बन्दि बनेका ६ नेपालीलाई छुटाउन उहाँको अगुवाइमा भएको पहल तथा नेपालमा उहाँले गर्नुभएको स्वार्थरहित सेवाको आधारमा उहाँलाई सम्मान गरेको हो ।
स्मरण रहोस् हिक्मत थापा, सोलिडारिटी टष्टले सम्मानित गरेको पहिलो व्यक्तित्व हुन । यहि वैशाखमा मात्र गठन भएको सो टष्टले यसअघि अमेरिकाबाट अजुर्न मैनाली र विनोद शाहले पठाउनु भएको सहयोग रकम सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ भने त्यसैगरी कतारबाट पाँचथर समाज सेवा संघ दोहाद्धारा बालिका सरिता डिसीको नाममा संकलित रकम हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो ।

१७ असार २०६९, आईतवार १६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..