घट्यो नेपालीले पाउने अमेरिकाको पर्यटक भिसादर

किशोर पन्थी, न्युयोर्क, १६ फागुन । सन् २०१४ (अमेरिकी आर्थिक वर्ष ) नेपालीहरुलाई अमेरिकाको पर्यटक वा बिजनेश भिसा (बी भिसा) प्रदान गर्ने दरमा नयाँ रेकर्ड कायम भएपनि अहिले भने नेपालीलाई अमेरिकाको पर्यटक भिसा प्रदान गर्ने दरमा कमी आएको छ । सन् २०१५ मा अमेरिकाको पर्यटक भिसा पाउने नेपालीहरुको दर अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेर ५८ प्रतिशतमा झरेको छ । नेपालमा गएको महाभूकम्प, नेपालमा जारी संकट लगायतका कारणले ठूलो संख्यामा नेपालीहरुले अमेरिकाको पर्यटक र बिजनेश भिसाका लागि आवेदन दिएपनि ठूलो संख्यामा भिसा अस्वीकृत गरिएको छ ।
आर्थिक वर्ष सन् २०१४ मा नेपालीहरुले पर्यटक भिसा पाएको दर अहिलेसम्मकै उच्च थियो । त्यो वर्ष अमेरिका आउनका लागि पर्यटक भिसाका आवेदन दिएका मध्ये झण्डै ६२ प्रतिशतको भिसा स्वीकृत गरिएको थियो भने आवेदकमध्ये झण्डै ३८ प्रतिशतले मात्र अमेरिकाको भिसा पाएका थिएनन् । त्यसबाट हौसिएका नेपालीहरुले आर्थिक वर्ष सन् २०१५ मा अझ ठूलो संख्यामा भिसा आवेदन दिए । तर सन् २०१५ मा नेपालीको पर्यटक र बिजनेश भिसा अस्वीकृत हुने दर उच्च भयो । अर्थात् आवेदन दिएकाहरुमध्ये ४२ दशमलव १९ प्रतिशतले भिसा नै पाएनन् । नयाँ राजदूतको आगमन, अमेरिकी कन्सुलेटको कार्यालयमा कर्मचारीहरुको हेरफेर लगायतका प्रकृयाहरु चलिरहँदा नेपालीहरुले पाउने पर्यटक भिसाको दरमा केही कमी आएको हो । यद्यपी विगत १० वर्षको इतिहास हेर्ने हो भने सन् २०१४ पछि सबैभन्दा धेरै पर्यटक भिसा नेपालीहरुले सन् २०१५ नै पाएका छन् ।
सन् २०१५ मा विश्वभरबाट ९६ लाख २ हजार ५ सय ३ जनाले अमेरिकाको बिजनेश र पर्यटक भिसाका लागि आवेदन दिएका थिए । जसमध्ये झण्डै २३ लाखको भिसा अस्वीकृत भएको थियो । यो वर्ष ४ लाख ३५ हजार भन्दा धेरै सुरुमा अस्वीकृत गरिएका पर्यटक र बिजनेश भिसाहरु पछि स्वीकृत गरिएको थियो ।

गत वर्षमा कति नेपालीले पाए भिसा ?
आर्थिक वर्ष सन् २०१४ मा विश्वभरबाट १० हजार २ सय ८२ जना नेपालीहरुले अमेरिकाको पर्यटक र बिजनेश भिसा पाएका थिए । यो वर्ष गैर आप्रवासी भिसा पाउने नेपालीहरुको संख्या १५ हजार १ सय ८० रहेको थियो । आर्थिक वर्ष २०१४ मा काठमाडौंमा रहेको दूतावासलेमात्र १२ हजार ४ सय ४२ गैर आप्रवासी भिसा जारी गरेको थियो । त्यस्तै सन् २०१३ मा ११ हजार ६ सय ६४ जना नेपालीहरुले गैर आप्रवासी भिसा पाएका थिए भने त्यसमध्ये पर्यटक र बिजनेश भिसा पाउनेहरु ७८९१ जना रहेका थिए । सन् २०१३ मा काठमाडौंमा रहेको अमेरिकी दूतावास एक्लैले ९ हजार २ सय ४७ गैर आप्रवासी भिसा प्रदान गरेको थियो ।
सन् २०१३ मा आवेदन दिएका मध्ये झण्डै ४६ प्रतिशतले पर्यटक भिसा पाएनन् । अर्थात् ६ हजार भन्दा बढीले अमेरिकाको पर्यटक भिसा पाएनन् । सन् २०१२ भने अमेरिकाको पर्यटक भिसा पाउने र नपाउनेहरु झण्डै बराबर नै थिए । यो वर्ष १० हजार ३ सय ४१ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए । जसमध्ये ६६५२ जना नेपालीहरुले बिजनेश र पर्यटक भिसा पाएका थिए । यो वर्ष आवेदन दिएकाहरुमध्ये ४९ दशमलव ४ प्रतिशत नेपालीहरुले पर्यटक भिसा पाएनन् ।
सन् २०११ मा ९ हजार ८ सय २५ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए, जसमध्ये ५ हजार ८ सय ६ जनाले पर्यटक र बिजनेश भिसा पाएका थिए । सन् २०११ मा जति अमेरिकाको पर्यटक भिसा अस्वीकृत हुने नेपालीहरु सन् २००६ यताको रेकर्ड हेर्दा यसभन्दा अगाडि कहिले पनि थिएनन् । न त त्यस पछाडि नै त्यती धेरै नेपालीहरुको पर्यटक भिसा अस्वीकृत गरिएको छ । यो वर्ष नेपाल अमेरिकाको भिसा नपाउने विश्वका मुलकहरुमा नै टपटेनमा परेको थियो । यद्यपी पर्यटक भिसाका लागि आवेदन दिएका मध्ये अधिकांशले यो भिसा प्राप्त गर्न थालेको भने गतवर्षदेखि मात्र हो । सन् २०१२ भन्दा अगाडि पर्यटक भिसाका लागि आवेदन दिने अधिकांशको भिसा अस्वीकृत हुँदै आएको थियो ।
सन् २०१० मा ९ हजार ९ सय ११ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए । त्यसमध्ये यो वर्ष अमेरिकाको पर्यटक र विजनेश भिसा पाउनेहरु ५ हजार ८ सय ५५ रहेका थिए । सन् २०१० मा सन् २०११ को तुलनामा भिसा स्वीकृत दर एक दशमलव ६ प्रतिशतले धेरै हो । सन् २००९ मा १० हजार ६ सय ८६ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएकोमध्ये दिएकोम ६ हजार १ सय ९५ जना पर्यटक र बिजनेश भिसा पाउनेहरु थिए । त्यस्तै सन् २००८ मा १५ हजार ७ सय ५१ जना नेपालीहरुले गैर आप्रवासी भिसा पाएका थिए, जसमध्ये ७८ सय ७५ जनाले बिजनेश र पर्यटक भिसा पाएका थिए ।
सन् २००७ मा १२ हजार ४ सय १९ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए, जसमध्ये पर्यटक र बिजनेश भिसा पाउनेहरु ६ हजार २ सय ५२ जना रहेका थिए । सन् २००६ को तथ्यांक हेर्दा ११ हजार २ सय ८५ जनाले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए, जसमध्ये जसमध्ये ५ हजार ९७ जनाले पर्यटक र बिजनेश भिसा पाएका थिए ।
विगत १० वर्षको तथ्यांक हेर्दा अमेरिका आउनका लागि नेपालीहरुले भिजिटर भिसाका लागि दिएका आवेदनहरुमध्ये सन् २०१५ मा ४२ दशमवल १९ प्रतिशत, सन् २०१४ मा ३८ दशमलव २ प्रतिशत, सन् २०१३ मा ४६ दशमलव ४ प्रतिशत, सन् २०१२ मा ४९ दशमलव ४ प्रतिशत , सन् २०११ मा ५९ दशमलव ९ प्रतिशत, सन् २०१० मा ५८ दशमलव ३ प्रतिशत, सन् २००९ मा ५९ दशमलव १ प्रतिशत, सन् २००८ मा ५१ दशमलव २ प्रतिशत, सन् २००७ मा ५५ दशमलव १ प्रतिशत र सन् २००६ मा ५५ दशमलव ३ प्रतिशत आवेदनहरु अमेरिकाले अस्वीकृत गरेको छ । विगत १० वर्षमा १ लाख ३० हजार भन्दा धेरै नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका छन्, जसमध्ये अधिकांश पर्यटक र बिजनेश भिसामा अमेरिका घुम्न आएका छन् ।

कति नेपालीहरु घुम्न आउछन् अमेरिका ?

सन् १९९७ देखि सन् २०१५सम्मको तथ्यांक हेर्दा हरेक वर्ष ३५ सय देखि १० हजारसम्मको हाराहारीमा नेपालीहरु भिजिटर भिसामा अमेरिका आउने गरेका छन् । गैर आप्रवासी भिसामा अमेरिका आउने नेपालीहरुको तथ्यांक अनुसार सबैभन्दा बढी नेपालीहरु अमेरिकामा भिजिटर भिसामा नै आउने गरेका छन् । त्यसपछि विद्यार्थीभिसामा नेपालीहरु अमेरिकामा आउने गरेका छन् । सन् १९९७ मा ३५ सय ५१ जना नेपालीहरु अमेरिकामा भिजिटर भिसामा घुम्न आएका थिए ।

सन् १९९८ मा ८ हजार २ सय ८ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आएका थिए । अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै नेपालीहरु पर्यटक भिसामा अमेरिकामा आएको सन् १९९८ मा नै हो । सन् १९९९ मा ३६ सय ८४ जना नेपालीहरु भिजिटर भिसामा अमेरिकामा आएका थिए । त्यस्तै सन् २००० मा ३९ सय ५७ जना नेपालीहरु भिजिटर भिसामा अमेरिकामा आए भने सन् २००१ मा ३ हजार ९ सय २५ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आए ।
त्यस्तै सन् २००२ मा ३८ सय ६७ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आएका थिए । सन् २००३ मा यो संख्या घटेर ३४ सय २१ मा झरेको थियो । त्यसपछि सन् २००४ मा भिजिटर भिसामा अझ थोरै अर्थात् जम्मा ३१ सय ७१ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आएका थिए । सन् २००५ मा भने ३७ सय ७७ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आए । यसरी सन् १९९७ देखि सन् २०१५ सम्मको अवधिमा १ लाख भन्दा धेरै नेपालीहरु भिजिटर भिसामा अमेरिका आइसकेका छन् । यसरी ठूलो संख्यामा भिजिटर भिसामा अमेरिकामा आउनेहरुमध्ये नफर्कने नेपालीहरुको संख्या पनि निकै ठूलो रहेको छ ।

१६ फाल्गुन २०७२, आईतवार ००:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..