नेपालमा भर्टिकल युनिभर्सिटी बनाउन अमेरिकामा ४६ हजार डलर संकलन, १ लाख डलर उठाउने लक्ष्य

किशोर पन्थी, न्युयोर्क । नेपालमा ८ हजार मिटर क्षेत्रको भर्टिकल युनिभर्सिटी निर्माण गर्ने महत्वकांक्षी योजनाका लागि किकस्टाटरमा मंगलबारसम्म ४६ हजार ८ सय ३८ अमेरिकी डलर संकलन भएको छ । १ लाख डलर संकलनको लक्ष्य सहित सुरु गरिएको अभियान आगामी साता अन्त्य हुनेछ । आगामी फरबरी २४ सम्म १ लाख डलर संकलन भएमा भर्टिकल युनिभर्सिटीको महत्वाकांक्षी योजनाका लागि रकम प्रदान गरिने यस अभियानका अभियन्ता राजीव गोयलले जनाएका छन् ।
सन् १९९० देखि सन् २००५ सम्म नेपालमा बढ्दो शहरीकरण, उचित आर्थिक विकल्पको अभाव र मौसम परिवर्तन लगायतका कारण ४५ सय बर्ग माइल अर्थात् नेपालको २५ प्रतिशत जंगल विनाश भइसकेको अवस्थामा नेपालको जैविक संरक्षणका लागि गोयल र बिष्टले यो अभियान संचालन गरेका हुन् । सन् २००१ मा पिस कप्र्स स्वयम्सेवकका रुपमा नेपालमा काम गरेका कानुन व्यवसायी एवं ग्रामिण विकाश कार्यकर्ता गोयलले नेपालको पर्यावरणीय क्षेत्रमा काम गरिरहेका छन् ।
गोयलले सन् २०१३ मा कोशी टप्पु कञ्चनजंगा बायोडाइभर्सिटी एजुकेशन लाइभ्लीहुड टेरा स्टुडियो अर्थात् केटीके बेल्ट निर्माणका लागि क्यानेडियन वास्तुविद प्रियंका बिष्ट र स्थानीय शिक्षक कुमार विश्वकर्मासँग टिम बनाएका थिए । यो संस्था हिमाली जैविक विविधताको संरक्षणका लागि शैक्षिक जागरण चलाउन र विभिन्न अवशरहरुको सृजनाका लागि निर्माण गरिएको हो । अहिले यहीं संस्थामार्फत भर्टिकल युनिभर्सिटीको योजना अगाडि सारिएको हो ।

केटीके बेल्टमार्फत गोयलको टिमले भर्टिकल युनिभर्सिटीका रुपमा कोशी टप्पु, नेपालको चराहरुको स्वर्गकारुपमा परिचित सबैभन्दा ठूलो सिमसार क्षेत्रदेखि कञ्चनजंगा हिमालसम्मको क्षेत्रमा जंगलको करिडोर निर्माण गरेर गरेर ८ सय भन्दा धेरै प्रजातिका चराहरुको संरक्षण र ६६ सय भन्दा धेरै बनस्पतीहरुको संरक्षणका लागि पहल गर्ने तथा त्यसबारे पढाउने योजना बनाएको छ । विभिन्न प्रजातिका चराहरु र बनस्पतीबारे अध्ययन गर्न चाहनेहरुका लागि समेत भर्टिकल युनिभर्सिटी फलदायी हुने विश्वास गरिएको छ ।
किकस्टारबाट संकलन गरिने रकम संयन्त्र परीक्षण, जैविक विविधता बिजन बैंकको स्थापना र अरु अविश्वसनीय परियोजनामा लगाइने गोयलले जानकारी दिएका छन् । नेपालको पर्यावरण संरक्षणका क्षेत्रमा निकै महत्वाकांक्षी मानिएको यो परियोजना अगाडि सार्ने गोयल अमेरिकी नागरिक हुन् । उनले सन् २००६ मा अमेरिकको न्युयोर्क युनिभर्सिटीबाट कानुनमा डिग्री हासिल गरेका थिए ।

५ फाल्गुन २०७२, बुधबार २३:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..