एनआरएन यूके महिला फोरमले कल्याणकारी काम सहित महिला दिवस मनाउदै

लण्डन । गैर आवासीय नेपाली संघ यूके महिला फोरमले स्थापनाकाल देखिनै अन्तर्राष्ट्रिय नारी दिवस मार्फत मातृभूमि नेपालका दिन हिनहरुको हितमा लोक कल्याणकारी र रचनात्मक कामका लागि सहयोग जुटाउदै महिला दिवस मनाउने गरेको छ ।

एनआरएन यूके महिला फोरमले महिला दिवस, केवल दिवसको लागिभन्दा पनि उदेश्य मुलक रुपमा नेपालका सीमांकृत महिला तथा बालबालिकाको सहयोगमा केन्द्रित गर्दै आएको छ र यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवस समेत त्यस्तै कार्यका लागि जोड दिएको छ ।

यसै क्रममा यस बर्षको अन्तर्राष्ट्रिय नारी दिबस ‘हिमाल पहाड तराईको एउटै नारा – सम्बृद्ध समाज निर्माणमा महिलाको अभिभारा’ भन्ने मूल नाराको साथ अल्डसर्टको किंग्स सेन्टर मा अागामी महिनाकाे शनिबार भब्य च्यारिटी कार्यक्रमको आयोजना गरी मनाईंदै छ । महिला संयाेजक सुशिला रार्इले दिएको जानकारी अनुसार एनआरएन यूकेको महिला दिवसमा सहभागी हुन एनआरएन अन्तर्राष्ट्रिय महिला संयोजक सपिला राजभण्डारी तथा सह-संयोजक रजनी प्रधान लन्डन आउने भएका छन् ।
संयोजक राइका अनुसार कार्यक्रम सरल र मितब्ययी बनाउँदै संकलित रकम सिराहा हरिवनका द्वन्द्व कालमा आमा-बाबु गुमाएका ती असहाय बाललिकाको लालन-पालनमा सहयोग गर्ने उदेश्य रहेको छ । कार्यक्रमको आमन्त्रण तथा सौजन्य सहयोगको लागि अायाेजक टिम द्रूत गतिमा लागिरहेको छ ।
टिकटको लागि महिला संयोजक सुशिला राई 07853300405, सह-संयोजक ईशा गुरुङ 07503728721 तथा अर्का सह-सयोजक प्रतिमा के.सी. 07853535554 लाई सम्पर्क गर्न अनुरोध गरिएकाे छ ।

४ फाल्गुन २०७२, मंगलवार २३:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..