विवादका बीच बेलायतमा कोइरालाको शोकसभा सम्पन्न

लण्डन । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनमा बेलायत स्थित नेपाली कांग्रेसको एक समूहले कोइरालाको सम्मानमा शोकसभा सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिति बेलायतले कोइरालाको १३ औं तिथिका दिन शोक सभाको आयोजना गर्ने निर्णय सार्वजानिक गरे लगत्तै नेपाली कांग्रेसको संस्थापन समूह भएको दावी गर्ने सो समूहले छुट्टै शोक सभाको आयोजना गरेको हो ।
लण्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेस्टुरेण्ट्मा बुधवार सो शोक सभामा १ दर्जन भन्द बढीको सहभागीता थियो ।
सभामा हिन्दू महासंघ यूकेका अध्यक्ष चिरन्जीबी ढकालले हिन्दु परम्पराअनुसार मन्त्रोच्चारण गरेका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुले दीप प्रज्वलन गरि स्वर्गीय कोइरालाको आत्माको चिर शान्तिको लागि प्रार्थना गरेका थिए । त्यस अवसरमा बेलायतका विभिन्न ठाउंबाट भेला भएका काङ्ग्रेसजनले स्वर्गीय कोइरालामा श्रदान्जली अर्पण गरे ।
नेपाली जनसम्पर्क समिति बेलायतले तेह्रौ दिनको तिथि पारेर फेब्रुअरी २१ तारिखका दिन एक छुट्टै श्रदान्जली कार्यक्रम गर्ने तयारी गरेको छ ।
यसअघि पार्टी सभापतिको निधनमा समेत एकता देखाउन नसकेको भन्दैं बेलायतस्थित नेपाली कांग्रेसको नेता तथा कार्यकर्ताको सामाजिक सन्जालमा चर्को बिरोध भएको थियो ।
सो शोक सभामा बिज्ञान प्रसाईं, शान्ताबिनोद लामिछाने, महेश दाहाल, विजन भट्ट, नेविसंघका कार्यवाहक अध्यक्ष गणेश दाहाल, एनआरएन यूके उपाध्यक्ष कुमारी गुरुङ, नेपालिज वुमन हेल्पिङ्ग हेन्ड्सकी अध्यक्ष तारा पौडेल, पत्रकार मिलन वाग्ले, वेद पराजुली लगायतले कोइरालाप्रति श्रदान्जली व्यक्त गर्दै उनको योगदानबारे चर्चा गरे ।

२८ माघ २०७२, बिहीबार २३:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..