कतारमा काँग्रेसको १३ औँ महाधिवेशन प्रतिनिधि छनौट, असन्तुष्ट पक्षको विरोध

कतार, २५ माघ । जनसम्पर्क समिति कतारले नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि विमल सुवेदी, नरेन्द्र भाट, बद्री पाण्डे, धीरज चाम्लिङ, क्रान्ति सिंह, मो अजिज अली र भीम बलायरलाई महाधिवेशन प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।

आइतबार राति सम्पन्न अधिवेशनले प्रतिनिधि छनोट गरेको समितिले जनाएको छ । यसैबीच केही असन्तुष्ट पक्षले प्रतिनिधि छनोटमा विरोध जनाएका छन् । केही सीमित व्यक्तिले आफूखुसी प्रतिनिधि छनोट गरेको भन्दै सम्पर्क समितिका मधेस विभाग सल्लाहकार मोहबद साकिर अलीको संयोजकत्वमा सङ्घर्ष समिति नै बनाएर प्रतिनिधि छनोटमा मधेस समुदायलाई वञ्चित गरिएको भन्दै छनोट प्रक्रिया सच्याउन माग गरिएको छ ।

कार्यसमिति सदस्य रामबाबु यादव, याकुब मियाँ, सुनिल मण्डललगायतले मधेसी समुदायको भावनामा खेलबाड गर्दै प्रतिनिधि छनोट समानुपातिक तथा समावेशी नभएको भन्दै आफूहरुमाथि अन्याय भएकाले तत्काल सच्याउन आह्वान गर्नुभयो । कतारमा काँग्रेसका क्रियाशील सदस्य ५४२ जना कार्यरत छन् ।

२५ माघ २०७२, सोमबार २३:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..