अझै स्वीकृत भएनन् १० हजार नेपाली अमेरिकनको टीपीएस

किशोर पन्थी, न्युयोर्क, १५ माघ । नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपाली अमेरिकनलाई तिनीहरुका महाभूकम्प पिडित परिवारजनको राहत स्वरुप अमेरिकी सरकारले उपलब्ध गराएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) का लागि आवेदन दिने म्याद डिसेम्बर २१ मा सकिएपनि डिसेम्बर २१ को पोष्टमार्कसहित युएससीआईएसमा टीपीएको आवेदन प्राप्त हुने क्रम जनवरीको दोश्रोसातासम्म पनि चलेको युएससीआईएसले जनाएको छ । युएससीआईएसका प्रवक्ता क्याथरिन टिकचेकले खसोखाससँग कुराकानी गर्दै जनवरीको पहिलो सातासम्म १२ हजार ९ सय ६ आवेदन प्राप्त भएकोमा दोश्रो सातासम्म थप ७६० वटा आवेदनहरु प्राप्त भएको जानकारी दिएकी छिन् । अहिले युएससीआईएसमा प्राप्त टीपीएसका आवेदनको संख्या १३ हजार ६ सय ६७ पुगेको छ ।

त्यसैगरी टीपीएसका आवेदनहरुबारे युएससीआईएसले फैसला गर्ने क्रम पनि तीब्र गतिमा नै चलिरहेको छ । जनवरीको पहिलो सातासम्म ३ हजार २ सय २४ वटा आवेदनहरु स्वीकृत भइसकेकोमा जनवरीको दोश्रो सातासम्म आइपुग्दा थप १ सय १९ वटा आवेदन स्वीकृत भई स्वीकृत हुने कुल आवेदनको संख्या ३ हजार ४ सय ४३ पुगेको क्याथरिन टिकचेकले जानकारी दिइन् । त्यस्तै आवेदन अस्वीकृत हुनेहरुको संख्या पनि जनवरीको दोश्रो सातासम्म आइपुग्दा केही बढेको छ । पहिलो सातासम्म २१ जनाको आवेदन अस्वीकृत भएकोमा दोश्रो सातासम्म आइपुग्दा थप पाँचजनाको आवेदन अस्वीकृत भई टीपीएस अस्वीकृत हुनेहरुको संख्या २६ पुगेको छ । टीपीएसका लागि आवेदन दिने अन्तिम अब आवेदन दिन नपाइने युएससीआईएसले जनाएको छ ।

सन् २०१५ को जुन २४ देखि लागु हुने गरी सन् २०१६ को डिसेम्बर २६ सम्मका लागि अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जामा राखेकाले टीपीएस प्राप्त व्यक्तिले त्यो अवधिसम्मका अमेरिकामा कुनै डिपोर्टेशनको डरबिना मज्जाले काम गर्न पाउँछ । आवेदन स्वीकृत भएको व्यक्तिले अमेरिकामा काम गर्नका लागि वर्क परमिट मात्र पाउने होइन, अमेरिकाबाहिर यात्रा गरेर फर्कन पाउनेसम्मको सुविधा पाउनसक्छ । तर यदि कुनै व्यक्तिको टीपीएस स्वीकृत भएको छ र उसले अमेरिकाबाहिर यात्रा गर्न चाहन्छ भने त्यो व्यक्तिले यात्रा स्वीकृतिका लागि आवेदन दिनुपर्ने हुन्छ । यात्राका लागि गरिएको अनुरोध स्वीकृत भएमा उसलाई एड्भान्स पेरोलका कागजात प्रदान गरिने युएससीआईएसले जनाएको छ । यसरी प्रदान गरिने एड्भान्स पेरोलले व्यक्तिलाई अमेरिका छाडेर बाहिर जान र तोकिएको समयमा फर्कन अनुमति प्रदान गर्दछ । तर कोही व्यक्ति त्यस्तो आवेदन स्वीकृत नभई अमेरिका बाहिर गएमा उसको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस गुम्नसक्ने र अमेरिकामा प्रवेशका लागि अनुमति नपाउने समेत हुनसक्छ । यदि कुनै व्यक्ति अमेरिकामा गैरकानुनी हिसाबले बसेको छ भने त्यस्ता व्यक्तिले यात्राका लागि अनुमतिपत्रको आवेदन दिनु अगाडि ककानुनी सल्लाह दिनका लागि मान्यताप्राप्त व्यक्ति वा संस्थाबाट कानुनी सल्लाह लिनुपर्ने युएससीआईएसले जनाएको छ ।

अमेरिकी सरकारले नेपालीलाई अस्थायी अध्यागमन सुविधा अर्थात् टीपीएसका लागि योग्य ठानेपछि अमेरिकामा वर्क परमिट नभएका जुनसुकै भिसा स्टेटसका नेपालीहरुले पनि वर्क परमिट प्राप्त गरेर कानुनी हिसाबले ढुक्कसँग काम गर्दै नेपालमा रहेको आफ्नो परिवारलाई परेको आर्थिक समस्याबाट मुक्ति दिलाउन पाउने भएका छन् । विद्यार्थी, पर्यटक वा अन्य भिसामा रहेका कैयन नेपालीहरुले पनि टीपीएसमार्फत वर्क परमिट लिएर काम गर्न थालिसकेका छन् । टीपीएस स्वीकृत भएको व्यक्तिलाई अमेरिकाबाट डिपोर्ट गर्न वा डिपार्टमेन्टअफ होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन स्टेटसका आधारमा थुन्न नपाइने भएकाले इमिग्रेशन मुद्दामा जेल परेकाहरुपनि पनि बाहिर निस्केर काम गर्न थालिसकेका छन् ।

यदि कोही व्यक्ति अमेरिकामा गैरकानुनी रुपमा छिरेर बसिरहेको छ भने वा भिसा भन्दा लामो समयसम्म बसिरहेको छ भने उसले टीपीएसमार्फत वर्क परमिटका लागि आवेदन दिन र वर्क परमिट पाउनसक्छ । टीपीएस स्वीकृत भएमा त्यस्तो व्यक्तिका लागि अमेरिकामा उसको गैरकानुनी उपस्थीतिको गणना पनि टीपीएस स्वीकृत भएको बिन्दुमा रोकिन्छ । कुनै पनि व्यक्ति अमेरिकामा ६ महिनाभन्दा लामोसमय भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई तीनवर्षसम्म अमेरिका प्रवेसमा रोक लाग्न सक्छ भने कुनै व्यक्ति अमेरिकामा १ वर्षभन्दा धेरै भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई अमेरिका पुन प्रवेशमा १० वर्षसम्मको बार लाग्नसक्छ । तर टीपीएस स्वीकृत भएको कोही व्यक्ति भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसेको खण्डमा उसको बसाई टीपीएस अवधिभरको बसाईलाई गणना गरिदैन ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ डिफेन्सको विशेष कार्यक्रमका लागि टीपीएस प्राप्त व्यक्तिलाई समेत योग्य ठहराइएको छ, जुन कार्यक्रममा छानिने टीपीएस प्राप्त व्यक्तिले केही महिनामा नै सिधै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।

मिल्ट्री एक्सेसन्स भाइटल टु नेशनल इन्ट्रेस्ट अर्थात (माभ्नी) कार्यक्रम अन्तरगत अमेरिकामा ग्रिनकार्ड प्राप्त नगरेका तर भिसाको स्टाटस नगुमाएकाहरुलाई उनीहरुको क्षमता मुलुकका हितका लागि महत्वपूर्ण रहने भन्दै रक्षामन्त्रालय अन्तरगतको सैन्य सेवामा प्रवेश दिइन्छ । केही निश्चित भाषा जानेकाहरु वा स्वास्थ्य सेवामा काम गरेकाहरुले यस्तो अवशर प्राप्त गर्न सक्छन् । तोकिएका केही निश्चित भाषाहरुमा नेपाली भाषा पनि एउटा भएकाले नेपाली भाषा जानेको व्यक्ति यो कार्यक्रमबाट लाभान्वित हुन सक्छ । हालका लागि यो कार्यक्रम सन् २०१६ को सेप्टेम्बरसम्मका लागि रहेको छ ।

यो कार्यक्रम अन्तरगत पूर्णकालिन वा अल्पकालिन रुपमा अमेरिकाको सैन्य सेवामा प्रवेश गर्नेहरुले ग्रिनकार्ड विना नै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्छन् । यो कार्यक्रम अन्तरगत स्वास्थ्य सेवामा प्रवेश गर्ने व्यक्तिले अमेरिकी सेना र उनीहरुका परिवारलाई स्वास्थ्यसेवा दिनका लागि खटिनुपर्छ । यो कार्यक्रम अन्तरगत अमेरिकाको सैन्य सेवामा प्रवेश गर्न चाहने व्यक्तिले सबैभन्दा पहिले भर्ती अधिकृतलाई भेट्नुपर्छ । त्यसपछि भर्ती हुने व्यक्तिसँग अन्तरवार्ता लिनुका साथै उसको योग्यता जाँचिन्छ । स्वास्थ्य परिक्षण र पृष्ठूभूमी जाँच गरिसकेपछि कुनै व्यक्तिलाई भर्ती गर्ने वा नगर्ने निर्णय लिइन्छ । अमेरिकी सेनाका बटालियन सर्जेन्ट मेजर डानियल मर्फी र अमेरिकी सेनाका क्याप्टेन डेभिड भिलारोलका अनुशार सुरुदेखि भर्तीहुँदासम्म झण्डै ६ महिनाको अवधि लाग्छ । त्यसपछि झण्डै १० हप्ताको आधारभूत तालिमपछि सबैलाई अमेरिकी नागरिकता प्रदान गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । अर्थात् भर्ति भइसकेपछिको झण्डै तीनमहिनामा अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । जतिबेलासम्म आधारभूत तालिम समाप्त भइसकेको छ । केही व्यक्तिको हकमा भने यो अवधि थोरै लम्बिनसमेत सक्छ ।

१५ माघ २०७२, शुक्रबार १०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..