जनसम्पर्क समिति जर्मनीले चयन गर्यो १३ औ महाधिबेसन प्रतिनिधिको छनौट

जर्मनी । नेपाली जनसम्पर्क समिति जर्मनीले ढिलै गरेर भए पनि चालीसौ राष्ट्रीय मेलमिलाप दिवस कार्यक्रम गर्दै १३ औ महाधिबेसन प्रतिनिधिको छनौट हाम्बुर्गमा भब्य रुपमा सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति विजय मोक्तानको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली जनसम्पर्क समिति जर्मनीका सस्थापक सभापति दिल बहादुर गुरुङले बीपीको मेलमिलाप नीतिलाई आत्मा साथ गर्दै अहिलेको अवस्थामा पार्टीहरु एक भएर अघाडी बढ्नु पर्ने कुरामा जोड दिए।

कार्यक्रमका सभापति विजय मोक्तानले बीपीको मेलमिलाप नीति कांग्रेसले आन्तरिक रुपमा अङ्गीकार गर्नु पर्ने बेला आएको र १३ औ महाधिबेशनमा कोइराला र देउबालाई जिताउन नेपाल जाने होइन कि १३ औ महाधिबेशन सफल पार्दै गुट बिनाको नेतृत्व छनोट गर्नु पर्ने बताए।

यसै गरि बिशेष अतिथिको रुपमा एन आर एन ग्लोबल सल्लाहकार पुष्प थापा साथै अन्य बक्ताहरुमा जनसम्पर्क समिति जर्मनीका पुर्व वरिस्ठ उपाध्यक्ष सुर्य तिवारी, नेपाली जन संपर्क समिती जर्मनी सल्लाहकार शेखर अर्याल, बायेर्न संयोजक कृष्ण रिजाल, तमु समाज हम्बुर्ग का अध्यक्ष लाल बहादुर गुरुङ, एन आर एन आइ सि सि सदस्य सुरेन्द्र प्रधान, एन आर एन जर्मनिका उपाध्यक्ष रण बहादुर साउद, महासचिब प्रेम सिंह गुरुङ र सचिब कृष्ण देवकोटाले मेलमिलाप नीति माथि आ-आफ्नो धारणा राखेका थिए ।

उपस्थित सम्पूर्ण अतिथिहरुलाई जन सम्पर्क समिति जर्मनीका पूर्व सह महामन्त्री शिखर खड्काले स्वागत मन्तब्य दिदै सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई कार्यक्रममा स्वागत गरेका थिए। कार्यक्रम संयोजकको तर्फबाट चियापानको व्यवस्था गरिएको थियो भने उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति जर्मनीका महामन्त्री मानब कुमार श्रेष्ठले संचालन गरेका थिए ।

१३ औ महाधिबेशन प्रतिनिधि छनौट
साथै उक्त भेलाले नै नेपाली जन सम्पर्क समिति जर्मनीका तर्फबाट १३ औ महाधिबेसन प्रतिनिधिहरुको पनि तेश्रो अधिवेशनमा भएको सहमतिको आधारमा टुंगो लगाएका नामवली लाई पठाउने निर्णय गरेको छ । जस अनुसार जर्मनीका तर्फबाट महासमिति सदस्यहरुमा विजय मोक्तान, दिल गुरुङ, शरण केसी साथै महाधिबेसन प्रतिनिधिमा टंक लम्साल, शिखर खड्का, शंकर डाँगी र कृष्ण रिजाल लाई चुनेको छ ।

१४ माघ २०७२, बिहीबार २३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..