साउदी अरबमा ट्रकले किचेर एक नेपालीको मृत्यु

साउदी अरब । रोजगारीको सिलसिलामा साउदी अरब गएका एक नेपालीको ट्रकले किचेर मृत्यु भएको छ । साउदी अरबको रियादमा रहेको ईष्टर्न पोलस्टार्न फैक्ट्रीमा कार्यरत ओखलढुंगा माम्खा १ का ४२ वर्षीय प्रकाश कार्कीको गत जनवरी १५ मा भारतीय चालकले चलाएको ट्रकको पछाडीको चक्काले किच्दा मृत्यु भएको हो । विहान ३ बजे लोडिंग भएको ट्रक पछाडी गुडाउँदा ब्रस गरिरहेका कार्कीलाई डालाले लागेर ढलेपछि चक्काले टाउको किचेको र उनको घटना स्थलमै मृत्यु भएको सोही कम्पनीमा कार्यरत अनिल खुलालले बताएका छन् ।

घटनामा संलग्न भारतीय चालकलाई प्रहरीले हिरासतमा लिएको र अनुसन्धान गरिरहेको छ । चालकका कारण घटना घटेको पुष्टि भए सरिया कानुन बमोजिम मृत्युदण्डको सजाय हुने वा ब्लडमनि लिएर परिवारले सजाय माफी दिन सक्नेछन् ।

साउदीमै कार्यरत माम्खा निवासी नवराज काफ्लेका अनुसार मृतक कार्की प्रति उनको परिवार आश्रित रहेको र परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । आर्थिक अवस्था कमजोर रहेका मृतककी श्रीमती मिना कार्कीले कानुनी कार्वाही र उचित राहतका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । नेपाली राजदुतावासले १५ जनवरीमाभएको घटना भएपनि ढिलो जानकारी प्राप्त गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको कम्पनीले परिवार माफर्त सूचना प्राप्त भएपछि दुतावासले सो कम्पनीमा सोधपुछ गर्दा मालिक सम्पर्कमा आएका थिए । श्रमसहचारी कृष्णप्रसाद दवाडीले दुतावासको सम्पर्कमा आएका कम्पनी मालिकले प्रहरीको अनुसन्धान रिपोर्ट आएपछि मृतकको लासलाई नेपाल पठाउन मन्जुर गरेको बताएका छन् ।

११ माघ २०७२, सोमबार १२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..