सावधान ! चुरोटले सोच्ने शक्ति कमजोर बनाउँछ !

काठमाडौं । चुरोट पिउनेले जति सक्दो चाँडो आफ्नो आदत त्यागेमा यसअघि चुरोटले दिमागमा पारेको क्षतिबाट बच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । दिमागको शक्तिलाई पूर्ववत् अवस्थामा राख्न ७० वर्षपछि पनि चुरोट रोक्न सकिने उनीहरुको सुझाव छ ।

युनिभर्सिटी अफ इडनबर्कका वैज्ञानिकहरुले हालै सार्वजनिक गरेको नयाँ अनुसन्धानअनुसार चुरोटले दिमागको बाहिरी पत्रलाई पातलो बनाउँछ । वृद्धावस्थासँगै दिमागको पत्र पातलो हुँदै जानु स्वाभाविक हो । तर चुरोट पिउने मानिसहरुको दिमागी पत्र भने उनीहरुको लतअनुसार युवावस्थामै पातलो हुन्छ । स्मरण, ध्यान, सचेतना आदिको निर्माण हुने क्षेत्र दिमागको सेरिब्रल कोर्टेक्सममा चुरोटले प्रत्यक्ष असर पार्छ ।

अध्ययनमा थोरै पिउनेमा भने केही सातापछि हल्का असर देखिने बताइएको छ । तर ३० वर्षदेखि दैनिक २० वटासम्म चुरोट खाएका व्यक्तिहरुको दिमाग पूर्ववत् अवस्थामा आउन २५ वर्ष लाग्ने पनि अनुसन्धानकर्ताहरुले बताएका छन् । तर चुरोट छोड्नेवित्तिकै दिमागमा निको हुने प्रक्रिया स्वतः सुरु हुने पनि दाबी गरिएको छ ।

मोलिक्युलर साइक्याट्रिक जर्नलमा प्रकाशित सो अध्ययन अनुसार धूमपान, दिमागी तीक्ष्णतामा ह्रास र डिमेन्सिया (भुल्ने रोग)बीच गहिरो सम्बन्ध हुन्छ । अनुसन्धानकर्ताले औसत ७३ वर्ष उमेर पुगेका पाँच सय पुरुष र महिलाको दिमाग अध्ययन गरेका थिए । आधाभन्दा बढी सहभागी लामो समयदेखि चुरोट पिइरहेका व्यक्ति थिए भने बाँकी वर्षाैंसम्म चुरोट पिएर अहिले छोडेका तथा कहिल्यै पनि चुरोटको आदत नगरेका थिए ।

चुरोट कहिल्यै नपिउनेको दिमागको पत्र बाक्लो पाइएको थियो भने पिउनेको पत्र निकै पातलो देखिन्थ्यो । त्यस्तै केही वर्षअगाडि चुरोट छोड्ने व्यक्तिको दिमागको पत्र अहिले खाइरहने व्यक्तिको तुलनामा केही बाक्लो देखिन्थ्यो । तर लामो समयसम्म चुरोट खानेहरुको दिमागको पत्र निकै पातलो भएको पाइएको थियो । दिमागको पत्र पातलो भएसँगै चुरोट पिउनेको स्मरण हराएको पनि अध्ययनमा पुष्टि भएको थियो ।

‘कोर्टिकल रिकोभरी हुन केही साता लाग्छ । तर त्यो उनीहरुले पिउने चुरोटको मात्रामा भर पर्छ,’ अनुसन्धान टोलीले भनेको छ । अध्ययन टोलीका नेता प्राध्यापक इअन डियरी भन्छन्, ‘चुरोटको मात्र बढी भएसँगै दिमाग कमजोर हुने शतप्रतिशत सत्य हो । तर बीचमै चुरोट त्यागेमा दिमागको रिकोभरी पनि हुन्छ । मानिसले पिएको चुरोटको मात्राअनुसार रिकोेभरी समय लामो वा छोटो हुन सक्छ ।’

१० माघ २०७२, आईतवार ०१:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..