परोपकारी एनआरएन अभियन्ता उपेन्द्र महतोद्वारा ५ करोडको औषधि सहयोग

काठमाडौँ । सेवा परमो धर्मको मूल मन्त्र बोकेर नेपाली जातिको समृद्धिका लागि आफ्नो जिन्दगी समर्पण गर्दै आएका गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष एवं परोपकारी अभियन्ता उपेन्द्र महतोले जारी भारतीय नाकाबन्दीका कारण स्वास्थ्य क्षेत्रमा देखिएको अत्यावश्यक औषधीको अभाव पुरा गर्न झन्डै ५ करोड रूपैयाँ बराबरको औषधी नेपाल सरकारका स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरेका छन् । गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले राजधानीको ग्रान्डी अस्पतालमा मंगलबार आयोजित एक समारोहमा झन्डै ५ करोड रूपैयाँ बराबरको औषधी नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारलाई हस्तान्तरण गरिएको औषधी महतो संलग्न रहेको अबुधाबीको एनएमसी ग्रुप र फूलकुमारी महतो ट्रस्टले संयुक्त रुपमा प्रदान गरेका हुन् । प्रदान गरिएको औषधी मध्य तीन करोड साठी लाख बराबरको औषधी स्वास्थ मन्त्रालय मार्फत र एक करोड चालिस लाख बराबरको औषधी फूलकुमारी महतो ट्रस्ट मार्फत बितरण गरिने छ ।औषधी हस्तान्तरण समारोहमा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले, स्वास्थ मन्त्रालयका प्रतिनिधि, कलाकारहरू, र ग्रान्डी अस्पतालका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

१० माघ २०७२, आईतवार ०१:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..