नेपाल महोत्सवले अष्ट्रेलिया तात्यो

सिड्नी, अस्ट्रेलिया । अष्ट्रेलियामा हरेक २ वर्षमा आयोजना गरिने नेपाल फेष्टिवलको व्यापक तयारी सुरु भएको छ । महोत्सव सिड्नीका लागि आगामी नोभेम्बर २६ तारिखको मिति तय गरिएको छ भने अष्ट्रेलियाका अन्य राज्यहरुमा समेत यही सेरोफेरोमा कार्यक्रम आयोजना गर्ने तयारी भएको आयोजकहरूले असनेपालन्यूजलाई जानकारी दिएका छन् । गैरआवासीय नेपाली संघ एनआरएन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौलाका अनुसार यस पटक नेपाल महोत्सवलाई अहिलेसम्मकै सबैभन्दा सहभागितामूलक बनाइने छ । यसैक्रममा नेपथ्यलाई अनुबन्ध गर्ने काम सम्पन्न भएको र करिब एक महिना नेपथ्यले सिड्नी, मेलबर्न र ब्रिसबेनको नेपाल महोत्सवमा आफ्नो प्रस्तुति दिने उनको भनाई छ । एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले नेपालको पर्यटन प्रबद्र्धन, संस्कृतिको जगेर्ना र नेपालीबीचको एकतालाई मुख्य केन्द्रमा राखेर नेपाल महोत्सव गरिने बताए । एनआरएन अध्यक्ष एवं नेपाल महोत्सव तयारी समिति अष्ट्रेलियाका संयोजक सुरेन्द्र सिग्देलले नेपथ्यलाई ल्याउने तय भएको उल्लेख गरे । साथै उनले सिड्नी, मेलबर्न र ब्रिसबेनमा २०१६ को नोभेम्बर डिसेम्बरमा नेपाल महोत्सव गर्ने तय भएको बताए । यद्यपी ठाएँ तय हुन बाँकी छ । यस्तै एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले डिसेम्बर महिनामा नेपाल महोत्सव गर्ने तय भएको बताए । फेडरेशन स्क्वायरमा नै गर्ने हो, सम्भवतः डिसेम्बरको पहिलो या दोश्रो साता कार्यक्रमको मिति तय हुनेछ, कँडेल अगाडि थपे । नेपाल महोत्सवको सुरुवात ब्रिसबेनबाट हुने बताइएको छ । एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतका अनुसार नेपाल महोत्सवको लागि स्थानको खोजी गर्ने कार्य अघि बढेको छ । केही दिनमा नै मिति र स्थान तय भएपछि यसका अन्य तयारी पनि अघि बढ्ने उनको दाबी छ ।

१० माघ २०७२, आईतवार ०१:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..