२७ जनालाई जापानमा शरणार्थीको मान्यता

जापान । जापान सरकारले शरणार्थी मान्यता दिने कार्यमा कडाई गरे पनि आवेदन दिनेहरुको संख्यामा कमी छैन । यसको प्रमाणको रुपमा सन् २०१५ मा शरणार्थी मान्यताको आवेदन दिनेहरुको संख्या र पाउनेको संख्यालाई हेर्न सकिन्छ । विभिन्न मुलुकबाट जापान पुगेकाहरुमध्ये ७ हजार ५ सय ८६ जनाले शरणार्थी मान्यताको आवेदन दिएकामा जापान सरकारले जम्मा २७ जनालाई सो मान्यता दिएको छ भने ७९ जनालाई मानवयताको आधारमा बसोबासको अनुमति दिएको छ । पछिल्लो समय नेपाली विद्यार्थीहरुका लागि जापान आकर्षक गन्तव्य बनिरहेको छ । त्यस्तै जापानमा विभिन्न तरिकाले पुग्ने नेपालीको संख्या पनि बढ्दो छ । अनि शरणार्थीको मान्यता पाउन आवेदन दिनेहरुको संख्या पनि बढिरहेको छ । जापानमा शरणार्थीका लागि आवेदन दिने ६९ राष्ट्रका नागरिक रहेकामा तीमध्ये सबैभन्दा बढी नेपालीले आवेदन दिएका थिए । २०१५ मा १ हजार ७ सय ६८ जना नेपालीले आवेदन दिएका थिए । नेपालपछि शरणार्थी आवेदन दिनेहरुमा इण्डोनेसियाका ९६९, टर्कीका ९२६ र म्यानमारका ८०८ जना रहेका छन् । शरणार्थी आवेदन दिएका थिए । जापानमा शरणार्थी आवेदन दिनेहरुमा एसियाली मुलुकका नागरिकहरु शीर्ष १० स्थानमा रहेका छन् । हरेक वर्ष सो आवेदन दिने नेपालीहरुको संख्या बढिरहेको छ । जापान सरकारले शरणार्थी मान्यता दिन कडाई गरे पनि आवेदन दिनेहरुको संख्या भने बढिरहेको छ । तर, जापान सरकारले सार्वजनिक गरेको शरणार्थीको मान्यता पाउनेको सूचीमा नेपाली छन् कि छैनन् भन्ने खुलाइएको छैन । अघिल्लो वर्ष भने एकजना नेपालीले शरणार्थीको मान्यता पाएका थिए ।

१० माघ २०७२, आईतवार ००:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..