प्रेम के हो ?

म वालकै छदाँ
आँगनीमा चर्ने चखेवा जोडी
वाह, वाह हुन्थ्यो हाम्रो आँगनीमा त्यो जोडी
सबैले भन्थे यस्तोपो प्रेम, यस्तोपो जोडी
के सनक चढ्यो मलाई
त्यो जोडी परेवालाई संकेतमा रंग हाले
ऋतु बदलियो संगै मौसम बदलियो
जोडी परेवा भुर्र भुर्र आँगनीमा उडीरहेका, चरीरहेका
नियाँलेर हेरेको एउटाको रंगिन पखेटा
अर्को बेरंगे भुर्र भुर्र उडिरहेको
अर्कै बर्ष हुनुपर्छ
बारीमा जोडी चखेवा चर्दै गरेका
आमा भन्नु हुन्थ्यो, ‘यो जोडी कहिल्यै छुटेन’
उहाँ सुनाई रहनुहुन्थ्यो, ‘यस्तोपो जोडी, यस्तोपो प्रेम’
मलाई त्यो जोडीले तान्यो, सनकमै कैंचीले पुछार काटिदिए
बर्षाद बित्यो, आकाश खुल्यो
लठरम्म बदाम र बोडी झुलेका
जोडी चखेवाहरु यत्र तत्र भुलिरहेका, चरिरहेका
आँखो पर्यो एउटामा, देंखे पुछार काटिएको ठुटे चखेवा
भुर्र भुर्र, चारो साट्छ, चुच्चो जोड्छ, हेर्छु अर्कै छ जोडी चखेवा
ठाने चेतना थिएन त्यसैले प्रेमी हुन सकेनन ।
———————————————————-
लैला मजनुको कथा पढेको थिएँ, सुनेको थिएँ
ताजमहल र मुमताजको किम्बदन्ती कति सुने कति
भर्खरै साथी ताजमहलबाटै फर्केको
बात बातमा भन्दै थियो, सुनाउदै थियो
ताजमहल अमर प्रेमको गाथा, प्रेमको प्रतिक र कथा
जिज्ञाशाले मुगल सम्राटको कथा पढेको
असंख्य रानीहरुको हूलमा आठौँ रानी मुमताज
अर्थात् आठौँ प्रेमको प्रतिक र कथा ताजमहल कहलिएको रहेछ ।
———————————————————-
एउटा नौजवान सिपाही
सखारै बन्दुक पुस्छ
जसरी कृष्ण सुदर्शन चक्र खेलाउछन
यस्तो दृश्यलाई सभ्य मान्छेहरु प्रेमी र प्रेम भन्न रुचाउछन
अर्थात सिपाहीको बन्दुक प्रेम
कृष्णको धर्म, ‘सुदर्शन चक्र खेलाउनु’
धन्य, कृष्णको सुदर्शन चक्रले राधा, मिरा वा कुनै गोपिनीको प्राण गएन
सिपाहीको बन्दुकबाट निस्केको गोलीले उसकी आमा र प्रिय ढलेनन
कल्पना गरौ ढल्नेहरु जो थिए कसैका प्रेमी थिए
र प्रेमको बर्बर हत्याको साक्षी थिएन प्रेमी कृष्णको सुदर्शन चक्र ।
———————————————————-
एक दिन पशुपतिमा
एक जोडी गुन-गुनायो
भनिएको लामो बिछोड पछिको मिलन रहेछ
‘छ्या हजुरत’,अधबैसेले भनि
उसले भन्यो, ‘हाम्रो अमर प्रेम, बिछोड पछीको मिलन’
अधबैसेले सोधी हाम्रो प्रणय किन जुटेनत संयोगमा
हाम्रो सपना र कल्पनाको थियो भने त्यो प्रणय वा त्यो मिलन
हो छुट्यो तर फेरी जुट्यो
उसले जिद्दी गर्यो, ‘यो हाम्रो मिलन अमर प्रेम’
बाटो तताउदै अधबैसेले भनि, ‘नाती स्कुलबाट आउने बेला भयो’
उसको पनि फोनको घन्टी बज्यो, ‘औसधि खानु भयो ?
दुबैले बाटो तताए ।
———————————————————-
त्यही दिन त्यहि पशुपतिमा एउटा ध्यानी भेटे
ध्यानी धुवाँमा भुन भुनाए, मैले रोजेको प्रेमी पाइन, मेरो प्रेम पाइन
भने, ‘बालक, जगत अनर्थ रहेछ, मायाँ प्रेम बिनाको जिन्दगी ब्यर्थ रहेछ
मिलन बिछोड यस्तै हो, सम्झ बालक मैले जिन्दगीसँग प्रिती लाउन सकिन
म अबोध बुझ्नै सकिन
ध्यानिले खोजेको माथिको एक जोडी प्रेम होकी उनीहरुको जस्तै बिछोड र मिलन ।
———————————————————-
साँझ पिउनेहरुको भट्टी संवाद
कोहि छुट्यो भनेर पिउंदै थिए
कोहि छुट्नै लाग्यो भनेर पिउंदै थिए
एक जोडी छनोटमा मिलनको दशाले पिउंदै
त्यो जोडी मानव चोला प्राप्तिमै दुखी, मिलनमै दुखी
सायद प्राप्ति पछिको पुनर प्राप्तिको अर्को लालशा
पुन प्राप्तिको लालशामा मान्छेको जाती दुखी र त्यो जोडी पनि दुखी ।
———————————————————-
एक बर्ष अघि
एउटा बंगैचामा
भनिएको प्रणय दिवशको दिन
त्यो जोडीको मिलन भयो
ठिक एक बर्ष पछी आजकै दिन
एउटी एक्लै भेटे
सोधे खोइत तिम्रो त्यो प्रणय
उसले अपरिचित अनुहार देखाई
दुरीको छोटो अन्तरालमै
जोडीको पुरानो प्रेमीले संकेत गर्यो
सायद यो जोडी पनि भन्न चाहन्थ्यो
तर यसपटक मैले सुन्न चाहिन ।
—————————————————————————————-
भनिएका श्रेष्ठ मान्छेको
र भनिएको प्रेमको
फरक फरक अवस्थामा
फरक फरक मिलन देखेर
मेरो मनले मलाई सोध्यो
आखिर प्रेम के हो ?
अनायास गीता सम्झे, झल्को आयो महाभारत
प्रेम कृष्णको राधा हो
गोपिनीहरुको कृष्ण
वा मीराको प्रतिक्षा
मैले पढेको गीताले यसो पनि भनेन त्यसो पनि भनेन ।
———————————————————-
यत्र तत्र सर्बत्र
मायाँ भनिएको र प्रणय भनिएका जोडीहरु
टुटेको छ छुटेको छ
टुट्ने र छुट्ने आखिर के होत प्रेम ?
मेरो म हुँ प्रेम
वा म को हुँ ?
नखोजिएको पनि हुन सक्छ
नसुनिएको वा नलेखिएको पनि हुन सक्छ
प्रेम र समाधिको अन्तिम विलय
र श्रेष्ठ भनिएका मान्छेहरु
भत्किएर छता छुल्ल पोखिएको
मन्दिर भित्र इश्वर खोजिरहेको
र मेरो अन्तर हृदयले भन्यो, सायद तपाईं र उहाँको पनि
हो, म र मेरो इश्वरको
मेरो प्रेम र मेरो जिन्दगीको
अन्त्यहीन साइनो छ
मेरो आँखाले देखेको छ
र मेरो आत्माले भन्छ
अन्त्यहीन एउटा समाधिमा रमाउने
प्रारम्भ देखि सागरसम्मको एउटा यात्रा
जिन्दगी भनेकै प्रेम हो, जगत भनेकै प्रेम हो
तपाई, म र उहाँ मात्र यात्री
प्रेमको तिर्थयात्री
त्यसोभए असंख्य प्रणय जोडी वा प्रेमी ?
त्यो प्रेम वा प्रेम दिवश नभएर
मानव हुन नसकेका मान्छेहरुको हकमा
मात्र भौतिक लालशाको ‘जवानी’ जीन्दावाद ।।
———————————————————-
::: मनको कुरा: मनले भन्यो पाउनु मात्र प्रेम होइन लालशा हो पुनर प्राप्तिको । नियाँले दुनियाँ त्यस्तै भेटे जस्तो मेरो मनले भन्यो । हो मेरो अन्तर हृदयले भन्यो अन्त्यहीन एउटा समाधिमा रमाउने, समुन्द्र देखि सागरसम्मको अभिछिन्न एउटा यात्रा, जिन्दगी भनेकै प्रेम हो, जगत भनेकै प्रेम हो, तपाई, म र उहाँ मात्र प्रेमको तीर्थ यात्री र हामी सबैको भागमा प्रेम नजुरेको पनि हुन सक्छ ।
पुरुषोत्तम ढकाल
लस-एन्जलस, क्यालिफोर्निया,संयुक्तराज्य अमेरिका ।

१० माघ २०७२, आईतवार ००:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..