अमेरिकामा सय बर्षकै इतिहाँस तोड्ने उच्च हिमपात, जनजीवन अस्तव्यस्त

अमेरिका । अमेरिकामा हिमपातका कारण केहि राज्यहरुमा संकटकाल घोषणा गरिएको छ हिमपात एक सय बर्षयताको बढी हुने बताइएको छ । हिमपातकै कारण शुक्रबार र शनिवारका विभिन्न राज्यहरुमा ६ हजार भन्दा बढी अन्तर्राष्टिय उडानहरु रद्द भएको जनाईएको । स्टेट अफ वासिडटन डिसीले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै २ फिट बाक्लो हिउँ पर्ने पुर्वअनुमान गर्दै संकटकाल घोषणा गरिएको जनाएको छ ।
अमेरिकाको पुर्वतटिय क्षेत्रमा बढी हिमपात शुरु भएको छ । मेरिल्याण्ड, न्यूयोर्क, डिसी, नर्थक्यारोलिना राज्यहरुले हिमपातको बढ्दो प्रभावलाई मध्यनजर गर्दै संकटकाल लगाउनु परेको जनाएको छ । यसपटकको हिमपातबाट साँढे ८ करोड मानिस प्रत्यक्ष प्रभावित हुने भएको जनाएको छ ।
हिमपातका कारण सडक दुर्घटना बढेको छ भने राज्य संयन्त्रले सुचना जारी गर्दै सवारी साधन चलाउदा सावधानी अपनाउन अनुरोध गरेको छ । राजमार्गहरुमा हिमपातमा दुर्घटना भएका गाडीहरु सडकको दायबाँय प्रसस्तै देख्न पाईन्छ ।
नर्थ क्यारोलिनामा विहिबार रातीदेखि परेको हिमपात डेढ फिट सम्म पुगेको छ । हिमपातका कारण नर्थ क्यारोलिनामा शुक्रबार स्कुल सरकारी कार्यलय र बैकहरु बन्द रहेका थिए । आईतबारसम्म हिमपात पर्ने भएकोले सम्पुर्ण सेवाहरु बन्द रहने सुचना सुचित गरिएको छ । बाटोमा हिउँ पन्छाउने डोजरहरु कुदी रहेको देख्न सकिन्छ भने सर्वसाधारण मानिसहरु छिटफट बाहेक बाहिर निस्किएका छैनन ।
हिउँ पन्छाउन सडकमा डोजर र ठुला ठुला ट्रकहरु देख्न पाईन्छ । व्यक्तिहरुले आफ्नो घर अगाडी हिउँ पगाल्न नुन खन्याई रहेको यत्रतत्र देख्न पाईन्छ ।

१० माघ २०७२, आईतवार ००:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..