दलित एकता संजाल नेपाल युएईको दोश्रो बार्षिकोत्सब सम्पन्न

दुबई । “दलित एकता आजको आबश्यकता, छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मुल नाराका साथ गत २२ जनवरी २०१६ शुक्रबारका दिन युएईको परिचित पार्क जाबेला पार्कमा दलित एकता संजाल नेपाल युएईले आफ्नो दोश्रो बार्षिकोत्सब बिबिध कार्यक्रमको आयोजना गरि मनाउन सफल भएको छ । संस्थाले आफ्नो कार्यक्रम धेरै खर्चिलो तरिकाले नगरी उद्देश्यमुलक हुनुपर्नेमा जानकारी दिएको छ ।

उक्त कार्यक्रम संस्थाका सचिब चित्र बहादुर नेपालीले संचालन गरेका थिए भने प्रमुख अतिथि भुतपुर्ब अध्यक्ष बर्तमान बरिष्ठ सल्लाहकार पदम नेपाली रहनु भएको थियो । बिशेष अतिथिमा बर्तमान अध्यक्ष बिनोद गोतामे रहनु भएको थियो । त्यस्तै गरि अतिथिहरुमा कमल परिवार, भिम सुनार, बाबुराम सुनार, कृष्ण सुनार, प्रकाश सुनार, बिपिका पाेख्रेल “बिपु”को उपस्थिति रहेको थियो । कार्यक्रम संचालन भए लगत्तै संस्थाकी सक्रिय सदस्य शुश्री बिनिता बिश्वकर्माले केक काटेर उपस्थित सबैलाई शुभकामना ब्यक्त गरेकी थिइन । कार्यक्रममा स्वागत मन्तब्य बिनिता विश्वकर्माले दिएकी थिइन् ।

Dalitकार्यक्रममा संस्थाका बर्तमान बरिस्ठ सल्लाहकार पदम नेपालीले बिगतका दिनहरुको स्मरण गर्दै आफुहरु हरेक क्षेत्रमा आबद्द हुदै निरन्तर अगाडी बढ्नुपर्ने कुरा प्रस्ट पार्नु भएको थियो । त्यस्तै अध्यक्ष गोतामे संस्थाको बर्तमान अबस्थाबारे जानकारी दिदै आफु सदैब नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको बिचार र राय सल्लाहमा अगाडी बढ्ने प्रतिबद्दता प्रकट गरेका थिए । कार्यक्रममा संस्थाका कलाकारहरु मार्फत मनोरन्जनात्मक गीतर नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरुले कार्यक्रमको बिचबिचमा देशभक्ति पूर्ण तथा आफु बिदेशिनु परेको पीडालाई झाल्क्याउने खालका हृदयस्पर्शी गीतगएर उपस्थित सबैको मन जितेका थिए । प्रदेशको ठाउमा भएता पनि आफ्नोमन मुटुमा नेपालका डाडा पाखापखेरा लागएत भन्ज्याङ चौतारीमा गुन्जने नेपालि पन गीतमा पाइएको उपस्थित दर्शकहरुले बताएका थिए|आफु नेपालमै भए जस्तो अनुभूति भएको उपस्थित दर्शकहरुले बताए ।

कार्यक्रमको अन्तमा आफु प्रवाशी जिबन यापन गरेता पनि भविष्यमा पहिला आफु परिबर्तन भएर समाजमा परिबर्तन गर्दै जनमानसमा चेतना जगाउने संस्थाको उद्देश्य रहेको अध्यक्ष गोतामेले बताउनु भएको थियो ।

९ माघ २०७२, शनिबार २३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..