मधेश आन्दोलन, भुकम्प प्रभावित परिवारको पुनर्स्थापना र पुनर्निर्माणमा अमेरिकी चासो

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ९ माघ । नेपालमा जारी मधेश आन्दोलन, त्यसले उत्पन्न राजनीतिक गतिरोध, भुकम्प प्रभावित परिवारको पुनर्स्थापना र पुनर्निर्माणको बिषयमा अमेरिकी सरकारले आफ्नो चासो सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी सहायक विदेश मन्त्री एन्टोनी जे ब्लिनकेनले नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीसंग भएको टेलिफोन संवादमा मधेश आन्दोलन, जारी राजनीतिक गतिरोध, भुकम्प प्रभावित परिवारको पुनर्स्थापना र पुनर्निर्माणको बिषयमा अमेरिकी चासो व्यक्त गरेका हुन् । सहायक विदेश मन्त्री एन्टोनी र प्रधानमन्त्री ओली बीच भएको टेलिफोन संवादमा मधेशमा जारी बन्द, हड्ताल र प्रदर्शनलाई छलफल र संवादद्वारा अविलम्व सम्बोधन गर्न आग्रह गरिएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘अमेरिका भुकम्प प्रभावित परिवारको पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग र साझेदारीका लागि हातेमालो गर्न तयार छ । नेपालको प्रमुख साझेदार र हितैषी राष्ट्र संयुक्त राज्य अमेरिकाले संबिधान निर्माण पछि मित्र राष्ट्र भारतले अघोषित रुपले लगाएको नाकाबन्दी र मधेश आन्दोलनको प्रभाव र जारी संकट सहितको लामो राजनीतिक गतिरोध बारे पहिलो पटक अमेरिकी चासो सिधा संवाद मार्फत उच्च स्तरमा अभिव्यक्त गरेको हो ।

९ माघ २०७२, शनिबार २२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..

सम्झना भानुको:२०७ औ भानुजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न..

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको..

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना..