नेपाली जनसंपर्क समिति न्युयोर्क च्याप्टर अमेरिकाको अन्तरक्रिया सम्पन्न

न्यूयोर्क । यहि जनवरी १३ तारीक २०१५ का दिन नेपाली जनसंपर्क समिति न्युयोर्क च्याप्टर अमेरिकाले नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष एवं सांसद रंजित कर्णको प्रमुख आथित्यमा नेपालको समसामयिक राजनिति संगै मधेश आन्दोलनका बारेमा एक बृहत अन्तरकृया कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

न्यूयोर्क स्थित ज्याक्सन हाईटको स्थानीय चौंतारी रेस्टोरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रममा न्यू-योर्कका बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, समाजसेवी, बुद्दिजिवी, व्यवसायी,पत्रकार, कलाकार, साहित्यकार तथा आम जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रमुख अथितीको रूपमा बोल्दै नेबि संघका सभापति एवं सांसद रंजित कर्णले अहिले मुलुकमा उब्जीएका सामूहिक बिचारलाई नेतृत्व दिन सक्ने नेताको खाँचों रहेको हुनाले त्यस्तो नेता काँग्रेसले आउँदो अधिवेशन बाट चयन गर्ने कुरा राखेका थिए । मधेशमा देखिएका उचित मागहरूलाई काँग्रेसको नेतृत्वमा संविधान संशोधन मार्फत संवोधन गरिन्ने कुरा बताउँदै, संविधान कार्यन्वयनको नेतृत्व पनि अब काँग्रेसले नै गर्ने कुरा उठाएका थिए । उग्र राष्ट्रवादले नेपालको राष्ट्रियता बलियो हुनै नसक्ने कुरा राख्दै, उत्तेजना बाट होईन चेतनाले समस्याको सामाधान खोजिन्नु पर्ने कुरा सांसद कर्णले राखेका थिए ।

प्रवासी नेपालीले नेपाललाई माया गरेको देखेर आफु अत्यन्तै भावुक बनेको कुरा पनि प्रमुख अथिती कर्णले सबैलाई बताए ।

नेपाली जनसंपर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले आफुले प्रतिनिधित्व गरेको संस्था विसुद्द सामाजिक संस्था मात्र नभएर यो एउटा राजनीतिक संग आवद्द संस्था पनि भएकोले सोहि ढंगले अगाडि बड्ने कुरा राखेका थिए । यसका बावजुद बिभिन्न समयमा आफ्नो संस्थाले सामाजिक कार्य गर्दै आएको कुरा स्मरण गराउँदै यस पटक पनि नेपाली जनसंपर्क समिति अमेरिकाले जाडोका कारण पिडित भएका दोलखाका नेपाली दाज्युभाई तथा दिदीबहिनीहरूलाई सहयोग स्वरूप केहि कम्बल बाँड्न लागेको कुरा सभापति बिष्टले सबै माँझ राखेका थिए ।

नेपाली जनसंपर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र बिक्रम नेम्बाङले नेपालीहरूले गरेको अहिले सम्मको आन्दोलन आफ्नो अधिकार र लोकतन्त्र प्राप्तिका लागि मात्रै भएकोले अबको आन्दोलन मुलुकको उन्नतिको लागि हुनुपर्ने कुरा राख्दै, अहिले सम्म नेपाली जनताको संघर्ष बाट प्राप्त अधिकारलाई संस्थागत गर्दै निर्माण गरिएको यो संविधानलाई संशोधन गरेर भए पनि मुलुकमा देखिएको समस्या बाट देशलाई निकास दिनु पर्ने धारणा राखेका थिए ।

नेपाली जनसंपर्क समिति अमेरिकाका निवर्तमान संयोजक विष्णु सुवेदिले जतिनै युवा नेतृत्वको चाँहना गरेता पनि काँग्रेसमा तिन नेता मध्ये एकले आगामी अधिवेशन बाट नेतृत्व लिने कुरा बताएका थिए ।
नेपाली काँग्रेसका नेता वंशलाल तामांगले काँग्रेसलाई अब नयाँ सोचका साथ अगाडि लानुपर्ने कुरा राखेका थिए ।

नेपाली जनसंपर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख मान्ति शाहले महिलालाई अब पार्टी नेतृत्वले संरक्षण गरेर भए पनि अगाडि ल्याउँनु पर्ने धारणा राखेका थिए ।

अर्का केन्द्रीय सदस्य प्रमोद सिटौलाले जनसंपर्क समितिहरूलाई पार्टीले मुल्याडंकन गरेर आउँदो अधिवेशनबाट राम्रो जिम्मेवारी दिनुपर्ने कुरा बताएका थिए।

बौद्धिक नेता अंगराज तिमल्सिनाले आउँदो अधिवेशन बाट काँग्रेस पार्टीले एउँटा स्पष्ट निति र कार्यक्रम लिएर अघि बड्नु पर्ने कुरा राखेका थिए ।

अन्य बक्ताहरूमा लंग आईल्याण्ड नेपाली समाजका अध्यक्ष दुर्गेश कार्की, रिजुड नेपाली समाजका अध्यक्ष रवि किरण कोईराला, काँग्रेस नेता कान्छा लामा, एन. आर. एन. अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, सल्लाहकार सुनील शाह लगायतका थिए । प्रश्न उत्तर समेत गरिएको उक्त कार्यक्रममा छिरिगं तोप्के लामा, संजिव श्रेष्ठ, एन.आर.एनका सल्लाहकार डा. विनोद शाह, सदस्य सतेन्द्र शाह, आई सिसिका मेम्बर नविन शेरचनले प्रमुख अथितीलाई विभिन्न प्रश्नहरू सोधेका थिए ।

नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगानाको सभापतित्वमा संपन्न भएको उक्त कार्यक्रमको संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका उप सभापति अमर तामांगले गरेका थिए ।

३० पुष २०७२, बिहीबार २३:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..