नेपाल र नेपालीको “आधारको भार” परित्याग गरेको छैन: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र नेपालीको “आधारको भार” परित्याग नगरेको बताउदै सक्रिय राजनीतिमा आउने आफ्नो अभिष्ट सार्वजनिक गरेका छन् । राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्तीको उपलक्ष्यमा आइतबार आफ्नो सन्देश मार्फत मैले नेपाली घरवार छोडेको छैन । अनी नेपाल र नेपालीको “आधारको भार” पनि परित्याग गरेको छैन भन्दै पूर्वराजा शाहले सक्रिय राजनीतिमा आउने आफ्नो अभिष्ट सार्वजनिक गरेका हुन् ।

पूर्व राजाले आफ्नो सन्देशमा भनेका छन्, ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सुख, सम्मृद्धि र आत्मीय सन्तुष्टीका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ। तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन। अनी नेपाल र नेपालीको “आधारको भार” पनि परित्याग गरेको छैन।’

पूर्व राजाले आफ्नो सन्देशमा नेपाली जनताले को कसबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खूलस्त हुनुपर्ने बेला आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खूलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ ।’

पूर्वराजा शाहले मुलुकभित्र देखिएको आर्थिक संकट, चरम महंगी र अभाव, अनुत्पादन र वाह्य निर्भरताप्रति समेत चिन्ता र चासो प्रकट गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘ देश भित्र अहिले विधि व्यवस्था, भुरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता वखेडा खडा भएका छन् यो कदापी राम्रो कुरा होइन ।’

पूर्वराजा शाहले सन्देशमा आफ्नो चासो र चिन्ता स्पष्ट पार्दै भनेका छन्, ‘आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ, त्यो गम्भिर चिन्ताको विषय हो ।’

पूर्वराजा शाहले आफ्ना पूर्वज पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय दिवसलाई नेपाली भएर सोच्ने, सम्झने दिनका रुपमा लियन आग्रह गर्दै भनेका छन्, ‘यही दिन यहाँको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहवाट नै हाम्रो यो आधूनिक राष्ट्रको संरचना र संयोजन भएको हो ।’

उनले वक्तब्यमा भनेका छन्, ‘पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कूरा ( राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फूलबारीमा जति बढी समाहित हुन सक्छौं, उति नै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ ।’a

२७ पुष २०७२, सोमबार ००:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..