बेलायती रक्षा मन्त्रालय अगाडी गोर्खालीहरुको नाराबाजी

धर्मराज अधिकारी, लण्डन । बेलायती सेनामा रहेका पुर्व गोर्खा आर्मीहरुले बेलायती रक्षा मन्त्रालय अगाडी नाराबाजी गरेका छन् । गोर्खाहरुको माग सम्बोधन गर्न मिनिष्ट्रि अफ डिफेन्स (एमओडी) ले आलटाल गरेको बताउंदै उनीहरुले मन्त्रालय अगाडि धर्ना सहित नारावाजी गरेका हुन् ।

बबी वासन मानवअधिकार गोर्खा प्रोजेक्टले बुधबार आयोजना गरेको धर्नामा बेलायत भरीबाट पुर्व गोर्खाहरुको बाक्लो सहभागिता रहेको थियो । धर्नापछि सहभागिहरुले आफ्नो मागलाई अझ जोडतोडका साथ अघि बढाउन बेलायती उच्च सांसदका लर्ड नजिर अहमदलाई ज्ञापन पत्र समेत बुझाए ।

ज्ञापनपत्र बुझ्दै लर्ड अहमदले यसलाई बुधबार नै प्रधानमन्त्रीसमक्ष पुर्याउने बताए । उनले गोर्खाहरुलाई दिइएको असमान पेन्सन र विभाजित परिवारबाट आफुलाइपनि दुख लागेको जानकारी दिए । गोर्खाहरुलाई समान पेन्सन दिंदा बेलायतलाई ठुलो आर्थिक भार नपर्ने बताउंदै अहमदले यसबाट हेल्थ, एजुकेशन, लगयात अन्य सामाजिक सेवाका खर्चहरु कटौती हुने विश्वास लिए ।

सहभागी पुर्व गोर्खाहरुलाई सम्बोधन गर्दै प्रोजेक्टका अध्यक्ष हर्कबहादुर थापा मगरले गोर्खालीहरुले २ सय वर्ष अघिदेखि बेलायतीको लागि खुन पसिना बगाएको स्मरण गरे । गोर्खालीका नाममा खुलेका अन्य संस्थाहरुको कुनै आशा नभएको बताउंदै उनले मानवअिधकार मार्फत यो देशको शाशकलाई झक्झक्याउने प्रयास गरीएको बताए । एउटै कसम खाएर भर्ति भएका गोर्खालीहरुलाई तिन भागमा बांडेर एमओडीले ठगको ब्यवहार गरेको उनले आरोप लगाए । अध्यक्ष मगरले गोर्खाहरुमा पनि भुक, ढुक, सुक, लुक र रुक बहादुर रहेकोले आन्दोलन शसक्त पार्न केहि कठिनाई भएको बताए ।

आन्दोलनकी अगुवा एवं मानवअिधकार कर्मी बबी वासनले आन्दोलनको अर्को चरण गर्न परे आफुहरु बृहत भोक हड्ताल गर्न बाध्य हुने बताइन । आन्दोलनको क्रममा मर्न परे पनि गोर्खाहरुसंगै मर्न तयार रहेको बताउंदै उनले अधिकार दिलाएरै छाड्ने बचन बद्धता व्यक्त गरीन । एमओडीको भनाई सत्य नभएको बताउंदै वासनले एमओडीले गोर्खाहरुलाई भेटी उनीहरुको वास्तविकता बुझ्नुपर्नेमा जोड दिइन ।

यसअघि सो प्रोजेक्टले प्रधानमन्त्री डेभिड क्यामरुनलाई आफ्नो माग सहितको ज्ञापनपत्र बुझाइसकेको छ । सो ज्ञापनपत्रमा गोर्खाहरुलाई बेलायत बसोबासको अधिकार, समान पेन्सन र १८ वर्ष माथि पुगेका छोराछोरहिरुलाई बेलायत ल्याउन पाउनुपर्ने जनाइएको थियो । प्रधानमन्त्री क्यामरुनले गोर्खाहरुको मागबारे एमओडीको ध्यानाकर्षण गराइसकेका छन ।

यद्यपी एमओडीले गोर्खाहरुलाई १९९७ को त्रिपक्षीय सन्धि अनुरुप नै व्यवहार भएको बताउंदै गोर्खा मुद्यालाई ओझेलमा पार्न खोजेको उनीहरुले आरोप लगाएका छन ।

सो अवसरमा लर्ड अहमद र वासनको भनाईलाई गंगा आलेले दोभासेको रुपमा पुर्व गोर्खाहरु समक्ष पुर्याएकी थिइन ।

लर्ड अहमदलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष थापा मगर, अधिकार कर्मी वासन, कृष्ण आले, भुवन गुरुङ, जगदीश गुरुङ, हिम बहादुर गुरुङ, रेवत थापा मगर, भक्त बहादुर गुरुङ, दिल बहादुर थापा एमएम, सुनार गुरुङ, खड्ग गुरुङ, चक्र बहादुर राना, गंगा आले, योग बहादुर गुरुङ, दुर्गा राना लगायतको सहभागिता रहेको थियो ।

सधैं आफ्नै कार्यकक्षमा भेट गर्दै आएका लर्ड गोर्खालीको ज्ञापन पत्र बुझ्न आफैं संसद भवन अगाडि आएका थिए ।

 

१४ असार २०६९, बिहीबार २०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..