आर्थिक अग्रगति र वर्गीय समानता – शोभा गौतम

गएको जेठ १४ गते संविधानसभाको अवसान हुनुभन्दा केही अगाडि सिरहा, नवलपरासी, दोलखा र रोल्पाका केही गाउंमा अध्ययन गर्न जाने अवसर प्राप्त भएको थियो । ती जिल्लामा सीमान्तकृत तथा जोखिममा परेका समुदायसित दिगो शान्तिका आधारबारे छलफल गर्नु भ्रमणको मुख्य लक्ष थियो । त्यही समयमा संविधान निर्माण गर्ने क्रममा राजधानीमा केही नेताहरूले जातीय राज्यको माग जोडतोडका साथ उठाइरहेका थिए, जसले गर्दा जातीय राज्यको आवश्यकताबारे त्यहांका स्थानीय नागरिकको चासो बुझ्नुपर्ने त्यत्तिकै जरुरी थियो ।
चाहे रोल्पाको माओवादी प्रभावित गाउंका मगर समुदाय हुन या मधेसी मोर्चा प्रभावित यादव समुदाय, सादा, कोइरी अथवा स्वायत्त राज्यको माग राख्दै त्यो बेला दोलखा बन्द गराउने थामी समुदाय नै किन नहुन अधिकांश समुदायलाई एकल जातीय पहिचानसहितको राज्य चासो र सरोकारको विषय रहेको पाइएन ।
दोलखा बन्द गराउने थामीहरूलाई ‘दोलखा बन्द’को औचित्य र थामीले पाउनुपर्ने राज्यको यथार्थताबारे प्रश्न गर्दा उनीहरूबाट ‘राज्य पाइन्छ भनेर होइन, केवल अस्तित्व प्रदर्शन गरेको’ भन्ने जवाफ दिएका थिए ।
ती सबै क्षेत्रका सीमान्तकृत समुदायलाई जातीय विद्वेषभन्दा समुदायमा सबै जातजातिबीच भएको र कायम रहने सद्भावपूर्ण व्यवहार नै महŒवपूर्ण भएको धारणा उनीहरूले व्यक्त गरेका थिए ।
यसपटक मुलुकमा वर्गीय समानताका लागि अथक परिश्रम गरी अहोरात्र खटेका नेकपा एमालेका केही नेताहरू एकल जातीय पहिचानको आवाज घन्काउंदै आफैं जन्मिएर हुर्किएको पार्टीलाई समेत लछारेर सडकमा उत्रिए । उनीहरू सडकमा मात्र उत्रिएनन्, पार्टी छाडेर जाने धम्की दिंदै एमालेका अन्य नेताहरूलाई तथानाम गाली गर्न कुनै कसर बांकी राखेनन् ।
जनजातिकै समुदायमा अहोरात्र काम गर्ने केही जिल्लास्तरका एमाले नेताहरूले पार्टी छाड्ने सांसदविरुद्ध आफ्नो पार्टीमा जातीय बखेडा नझिक्न खबरदारी गर्न थालेका छन् । उनीहरूका लागि आफ्नो जननी एमाले पार्टीको माया आफ्नो जातजातिभन्दा बढी रहेको प्रस्ट देखिन्छ ।
वर्गीय समाजमा वर्गीय प्रेम मात्र न्यानो र चोखो हुन्छ, एकै आंतको दाजुले एकै आंतको भाइलाई ठग्छ । एकै आंतका हौं हामी भनी गरिने प्रेम व्यवहारमा झुटो हुन्छ ।
देशमा प्रजातन्त्र आउनुअगाडि तत्कालीन नेकपा मालेको यो गीत आफूलाई कम्युनिस्ट भन्न रुचाउने जो कोहीका लागि जतिसुकै बेला पनि त्यत्तिकै सान्दर्भिक ठहर्छ ।
मुलुकका एकथरी बाहुन राज्यसत्ता सम्हालेर बसेका छन्, तर यही मुलुकका अर्का बाहुन एक धरो लुगा आङमा नभएर त्यही गाउंको अर्को जातिको हलो जोत्न बाध्य छन् ।
यो त्यही देश हो, जहां मधेसी समुदायका नेताले राष्ट्रप्रमुख हुने अवसर प्राप्त गरेका छन् भने त्यही मधेसी समुदाय भोको पेट त्यही गाउंको मधेसी नेताको घरमा ज्याला मजदुरी गरेर पनि तोकिएको ज्याला नपाई रोइरहेको छ ।
नेपालको राजनीति र प्रशासनमा आफ्नो हालीमुहाली गर्ने नेवार समुदायभित्र त्यही नेवार (तथाकथित पोडे) सधैं उनीहरूको फोहोर सोहोरेर जीविका गरिरहेको छ ।
विश्वविद्यालयबाट विद्यावारिधि गर्ने थकालीहरू चौबाटोमा बसेर होटलमा भांडा मोलेर बस्ने थकालीको पीडालाई आफ्नो पीडा ठान्दैनन् ।
यस्ता यावत् उदाहरण जातीय विभेद होइन, वर्गीय विभेदका उदाहरणहरू हुन् । जबसम्म मुलुकले वर्गीय समानताका लागि पहल गर्दैन, त्यो बेलासम्म जातीय समानता कायम हुन नै सक्दैन ।
नेपालमा जातीय विभेदको वीजारोपण गर्ने पनि तत्कालीन नेवार राजा जयस्थिति मल्ल नै थिए । ती बाहुन, क्षेत्री या ठकुरी थिएनन् भनी इतिहासमा फर्कन जरुरी छ ।
जातीय र वर्गीय विभेदको सम्बन्धमा कार्लमाक्र्सले जातीय पहिचानभन्दा वर्गीय प्रेम ठूलो हुने बताएका थिए । उनको भनाइ थियो, वर्गीय प्रेमले वर्गीय समानता, सहभागिता र पहिचानको कुरा गर्छ तर जातीयताले गर्न सक्दैन ।
जातीय अधिकारकै सन्दर्भमा कुरा गर्दा रुवाण्डामा लामो समयसम्म त्यहां रहेका हुतु र तुत्सीले आ–आफ्नो जातीय एकाधिकारका लागि एक जातले अर्को जातलाई सिध्याउने खेल खेल्दा दुवै जातिका लाखौं मानिस मारिए, देश तहसनहस भयो । सबै सकिएपछि अन्ततः उनीहरूले आ–आफ्ना गल्ती अनुभूत गर्दै दुवैले देशको सबै गुमाएकोमा अहिले पश्चात्ताप गर्छन् । सबै सकिएपछि पश्चात्ताप गर्नुको औचित्य पनि के रहन्छ ? आज रुवाण्डावासीहरू जातीय कुरालाई सुन्न पनि रुचाउंदैनन् ।
मुलुकको हित सोच्ने राजनेताले हो । एउटा जात र वर्गको मात्र कुरा गर्ने कोही पनि राजनेता बन्न सक्दैन । जबसम्म एउटा पनि राजनेता व्यक्ति, परिवार र पार्टीको निहित स्वाथ्र्यभन्दा माथि उठ्न सक्दैन, त्यो बेलासम्म मुलुकले सही दिशा लिन पनि सक्दैन ।
यसपटकको संविधानसभा विघटन हुनुपछाडि त्यही जातीय र परिवारवादको सिद्धान्तले काम ग¥यो । संविधानसभामा चुनिएर गएका अधिकांश सभासद् राष्ट्रका सभासद् बन्न सकेनन्, बने त केवल समूह र गणका प्रवक्ता । एउटा गणको हितको कुरा गर्दा त्यसले राष्ट्रको अहित गर्न सक्छ । त्यो परिस्थितिमा नेपालमा भने राष्ट्रभन्दा गण प्रमुख भइदियो ।
आफ्नो राजनीतिक जन्मदाताका रूपमा रहेको पार्टी र पार्टीगत सिद्धान्तभन्दा एउटा गणको हित सर्वोपरी भएपछि मुलुकमा शान्तिको अपेक्षा नै कसरी गर्न सकिन्छ ?
देशमा गरिबीका रेखामुनि रहेका वर्ग केवल जनजाति होइनन्, त्यहां त देशका सबै जात र वर्ग पर्छन् भने देशमा उच्च आर्थिकस्तर रहेका वर्ग पनि बाहुन र क्षेत्री होइनन्, त्यहां सबै जातजाति पर्छन् । चाहे हिमाल, चाहे पहाड या भित्रीमधेस जतासुकैका भए पनि कष्टकर आर्थिक जीवन बांचिरहेका नेपालीको जीवनस्तर उकास्न सक्ने नीति र कार्यक्रमको खांचो छ न कि जातको अग्राधिकार ।
जातीय पहिचानकै कुरा गर्दा पनि नेवारमा श्रेष्ठ र प्रधान जातले त्यहांका कथित पोडे र च्यामेलाई हैसियत दिने योजना बनाउनुप¥यो । त्यसैगरी विश्वकर्माले तराईको कथित ‘डुम’लाई सत्तामा ल्याउने योजना बनाउनुप¥यो । त्यसैगरी मधेसी झा र यादवहरूले त्यहांका हरिजनको अधिकार राज्यसत्तामा कायम गर्ने कुरा आफ्नो एजेण्डामा गर्नुप¥यो । आदिवासीमा चेपाङ र थामीहरूको राज्यका नीति निर्णयमा पहुंच बनाउने केन्द्रीय योजना हुनुप¥यो । ती सबै योजनालाई सबै पार्टीले आफ्नो पार्टीको वर्गीय विभेदको नीति र सिद्धान्तअनुसार कसरी वर्गीय समानता कायम गर्न सकिन्छ, त्यसका आधारमा नीति र कार्यक्रम बनाउनुप¥यो । जसका कारण कुनै जातजातिको आधिपत्यका नाममा होइन, सबै जातजातिको वर्गीय हित, समानता र संरक्षणमा कदम चाल्न सकिन्छ र मुलुक सबै जातजाति, भाषाभाषी र समुदायलाई समेट्दै आर्थिक रूपमा सबल र सक्षम बन्न सक्छ ।

१४ असार २०६९, बिहीबार १८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..