‘मुसलमानलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनु पर्छ’: डोनाल्ड ट्रंप

पुरुषोत्तम ढकाल, लस-एन्जलस, २२ मङ्सिर । बढ्दो मुस्लिम अतिवाद र मानवता बिरुद्ध उनीहरुको पासविक आक्रमणले त्रशित बन्दै गएको मानव सभ्यतालाई जिवन्त राख्न चाहने सामाजिक न्यायका अभियन्ताहरुले अतिबादी समूहलाई हेर्ने बिश्वब्यापी दृष्टिकोणलाई सामाजिक न्यायसंग जोड्ने परम्पराबादी अभिष्ट बिपरित शान्ति र समृद्द्धिको आम आवाज मुखरित भैरहेको बेला संयुक्त राज्य अमेरिकाको राष्ट्रपति दावेदार रिपब्लिकन डोनाल्ड ट्रंपले मुस्लिमहरुको अमेरिका प्रवेश निषेध गरिनु पर्ने बताएका छन् ।  राष्ट्रपति दावेदार रिपब्लिकन ट्रंपले सोमबार दक्षिण क्यारोलिनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भनेका छन्, ‘मुसलमानलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुको हामि संग विकल्प छैन ।’ सन २०१६ का लागि रिपब्लिकन राष्ट्रपति दावेदार डोनाल्ड ट्रंपले आफ्नो उम्मेदवारी घोषणा गरे लगत्तै देखि बढ्दो मुस्लिम अतिबादी आतंकारीहरु प्रति कडा रवैया प्रस्तुत गर्दै आएका छन् । उनको यस्तो अभिव्यक्ति लगत्तै अर्का रिपब्लिकन राष्ट्रपति दावेदार जे बुशले कडा प्रतिक्रिया दिदैं आफ्नो ट्वीटमा भनेका छन्, ‘डोनाल्ड ट्रंपको मस्तिष्क असन्तुलित भैसकेको छ । उनको एजेन्डा र प्रस्तावानाहरु समेत गम्भीर छैनन् ।’ अमेरिकी धनाढ्य एवं पूर्व रियालिटी टिभी स्टार रिपब्लिकन राष्ट्रपति दावेदार डोनाल्ड ट्रंपले यस अघि भन्दा थप कठोर र कडा अभिव्यक्ति सार्वजनिक गर्दै बढ्दो मुस्लिम अतिबादी आतंकारीहरुको कारण आक्रान्त अमेरिकी समाजबारे मुस्लिम निषेध अमेरिकाको परिकल्पना गरेका हुन् । डोनाल्ड ट्रंपले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘संयुक्त राज्य अमेरिका बढ्दो मुस्लिम अतिबादी आतंकारीहरुको थप डरलाग्दो आतंकको सिकार हुन सक्तैन । र जिहादमा विश्वास गर्नेहरुलाई सम्मान गर्ने कुनै तर्क र कारण खोजिनु हुँदैन ।’ ट्रंपले राष्ट्रपति बराक ओबामाको १० हजार सिरियाली शरणार्थी भित्र्याउने योजनाको समेत कडा सब्दमा आलोचना गर्दै अमेरिकी हितको लागि कुनै हालतमा सिरियाली मुस्लिम शरणार्थी नभ्त्रियाउन जोड दिएका छन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आफ्नो भाषणलाई अन्त्य गर्दै उनले हालै सान-बर्नारदिनो, क्यालिफोर्नियामा मुस्लिम दम्पतीले गरेको मानव नरसंहारको घटना स्मरण गरे र भने, ‘मुस्लिमहरुको अमेरिका प्रवेश निषेध गरिनु पर्छ ।यद्यपि सन २०१६ का लागि राष्ट्रपति दावेदारहरु मध्य आफ्नो कठोर अभिव्यक्तिका कारण चर्चाको केन्द्रमा रहेका राष्ट्रपति दावेदार रिपब्लिकन डोनाल्ड ट्रंपले मुसलमान बिरोधि अभिव्यक्ति सर्वाजनिक गरे लगत्तै उनको पक्षमा रहेको जनमत सर्वेक्षणहरुमा बाह्र प्रतिशतले ओरालो लागेको बताइएको छ । स्मरण रहोस यतिबेला अमेरिका, यूरोप र बाँकी विश्व मुस्लिम आतिबाद र मानवता बिरुद्ध उनीहरुको पासविक आक्रमणले त्रशित बन्दै गएको र उनीहरुलाई हेर्ने बिश्वब्यापी दृष्टिकोण समेत दिनानु दिन थप नकारात्मक बन्दै गएको छ ।  (तस्बिर सौजन्य: रोयटर्स)

२२ मंसिर २०७२, मंगलवार १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..