भारतीय नाकाबन्दीको विरोधमा बोस्टनमा प्रदर्शन

बोस्टन, अमेरिका । भारतीय नाकाबन्दीको विरोधमा आइतबार दिउँसो बोस्टनस्थित कप्ली स्क्वायरमा बोस्टनवासी नेपालीले प्रदर्शन गरेका छन् ।
भारतले लगाएको अमानवीय नाकाबन्दीविरुद्ध केही दिन अघि राष्ट्रपति निवास ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरिएको थियो ।
प्लेकार्ड, व्यानर र नेपालको झण्डासहित करिब तीन सयको सङ्ख्यामा उपस्थित नेपालीले भारतले नेपालमाथि गरेको हेपाहा प्रवृतिको विरोध गर्दै अन्तरराष्ट्रिय पारवहन र मानवाधिकारको भारतले ठाडो उल्लङ्घन गरेकोमा रोष व्यक्त गरेका थिए ।
बोस्टनस्थित विभिन्न सामाजिक संस्थाको सहभागिता सम्पन्न सो विरोध कार्यक्रममा अधिकांश नेपाली नेपालको पहिचान दौरासुरुवाल तथा ढाका टोपी लगाएर उपस्थित भएका थिए ।
कार्यक्रममा विभिन्न वक्तले नेपालप्रति भारतले गरेको यस किसिमको नाकाबन्दी हटाएर तुरुन्त औषधि तथा अरु अत्यावश्यक सामग्री उपलब्ध गराउन जोड दिएका थिए ।
त्यस अवसरमा अमेरिकन नागरिकहरूले पनि यस्तो किसिमको व्यवहार भारतले देखाउन नहुने कुरा पनि व्यक्त गरेका थिए ।

१४ मंसिर २०७२, सोमबार २२:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..