‘जाग्यो गोरखाली’: अमानविय र आततायी भारतीय नाकाबन्दी बिरुद्ध डिसी महानगर क्षेत्रमा बिरोध प्रदर्शन आयोजना गरिदै

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ६ मङ्सिर । मातृभूमि नेपालमा जारी भारतीय नाकाबन्दी र त्यसले पुर्याएको मानवीय क्षति बारे अमेरिकी नीति निर्माण तह र अन्तराष्ट्रिय जगतको ध्यान आकृष्ट गर्ने उद्देश्यले संयुक्तराज्य अमेरिकाको राजधानी वासिङ्गटन डिसीे महानगर क्षेत्रमा भोलि आइतबार बिरोध प्रदर्शन आयोजना गरिने भएको छ ।

नेपाली मूलका मेरिल्याण्डस्थित इन्डियन हेड सिटीका उप-मेयर किरोन सिटौलाले दिएको जानकारी अनुसार नेपाली अमेरिकनको प्रतिनिधिमूलक संस्थारुको पहलमा नेपालमा जारी भारतीय नाकाबन्दी र त्यसले पुर्याएको मानवीय क्षति बारे अमेरिकी नीतिनिर्माताहरु, तल्लो सदन काँग्रेस, माथिल्लो सदन सिनेट र दुवै सदनका नेपाल ककस समूह र डिसीस्थित भारतीय दूतावासलाई समेत ज्ञापनपत्र बुझाउदै नेपालको जारी संकटबारे ध्यान आकृष्ट गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोजकहरुका अनुसार बिरोध प्रदर्शनीमा नेपाली अमेरिकनका अगुवा र मधेशी मूलका बिज्ञ नेपाली अमेरिकन सुकदेव शाहले जारी भारतीय नाकाबन्दी र त्यसले मातृभूमि नेपालमा पुर्याएको मानवीय क्षति बारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सिटौला अनुसार बिरोध प्रदर्शनीमा नेपाललाई नाकाबन्द, भारतको आँखाबन्द, मित्रताको हात रुक्दैन, तर नेपाली स्वाभिमान झुक्दैन, नेपाल फुटाउन गाह्रो छ, जातीय सद्भाव प्यारो छ, बुझीराख दिल्लीका नवाब, नेपालमा काम गर्दैन तिम्रो दबाब’ सन्देश भएका प्लेकार्ड लगायत ‘स्टप हुमन राइट्स एव्युजेज, ट्रान्जिट ब्लकेड इज इल्लिगल’ जस्ता ह्यासट्याग प्रयोग गरिने छ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भने, ‘मानवता विरोधी भारतीय नाकाबन्दी बिरुद्ध अन्तराष्ट्रिय जनमत तयार गर्न र मातृभूमि नेपालको पारबहन हक अबिलम्ब सुनिश्चित गर्न आयोजित प्रदर्शनीमा सम्पूर्ण नेपाली अमेरिकनलाई सहभागि हुन अनुरोध गर्दछु ।’

प्रदर्शनी आयोजक मध्यका एक नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) का अध्यक्ष विमल नेपालले दिएको जानकारी अनुसार जारी भारतीय नाकाबन्दीको कारणले मातृभूमि नेपालमा उत्पन्न मानवीय सङ्कट अविलम्ब सुल्झाउन अमेरिकी नीतिनिर्माण तहको ध्यान आकृष्ट गर्ने उद्देश्यले भोलिको बिरोध प्रदर्शन आयोजना गर्न लागिएको हो ।

सियाटलका अगुवा नेपाली अमेरिकन मोहन गुरुङले भने, ‘अमानबिय र आततायी भारतीय नाकाबन्दी बिरुद्ध जाग्यो गोरखाली, चेतना होस् यसले भारतलाई समेत हित गर्दैन, अविलम्ब अमानविय र आततायी  नाकाबन्दी फुकुवा गरेर राजनीतिक संवाद सुरु गर्न भारतीय पक्षलाई आग्रह गर्दछु ।’

६ मंसिर २०७२, आईतवार ००:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..

सम्झना भानुको:२०७ औ भानुजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न..

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको..

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना..