बेलायतको समुद्रमा डुबेर नेपाली विद्यार्थीको मृत्यु

लन्डन, असार ११ –   साथीहरुसंगै समर मनाउन समुद्र पुगेका एक नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । पर्वत माझफा“ट–७ निवासी २१ वर्षीय अमित बरुवाल क्षेत्रीको अघिल्लो मंगलबार (१९ जुन) ब्राइटनस्थित समुद्रमा डुबेर मृत्यु भएको  । अढाई वर्ष अघि बेलायत आएका उनी साउथ लन्डन कलेजमा ‘इन्टिग्रेटेड डिप्लोमा इन विजनेश म्यानेजमेन्ट’ पढ्दै थिए । ‘शनिवार फोन गरेर म साथीहरुसंग समुद्र जाने योजनामा छु । त्यसपछि म भेट्न आउंछु भनेको थियो’–दाई रमेशले भने–‘तर, कहिल्यै नफर्किने गरि संसारबाट विदा भयो ।’

म्याग्दी बहुमुखी क्याम्पसमा ‘प्लस टु’ पढ्दा पढ्दै बेलायत आएका उनी जेहेन्दार, परिश्रमी र आफ्नो करिअरप्रति सधैं दत्तचित्त रहने दाई रमेशले बताए । बेलायत आउनु एक वर्ष अगाडि आप्mनी आमाको देहवसान भएपछि विरक्तिएका अमित आफ्नो करिअर बनाउने उद्देश्यले बुवा र भाईलाई छोडी यता आएका थिए ।

लन्डनबाट ४४ माइल पर ब्राइटनस्थित समुद्र पुगेको एक घण्टाभित्रै त्यस्तो दुःखद घट्ना भएपछि संगै रहेका १६ जना साथी पनि कम मर्माहत भएनन् । ‘हेर्दा हेर्दै साथी गुमाउनु पर्दा मन कम्ती रोएको छैन्’– प्रत्यक्षदर्शी सहपाठी मेनुका पाइजाले घट्ना सम्झिइन् –‘अमित शुरुमा छेऊ छेऊमा पौडी खेलिरहेको थियो, छालले एक्कासी पर हुत्याएर हेर्दा हेर्दै डुबेपछि हामीले लाइफ गार्डलाई खवर ग¥यौं ।’

मेनुकाका भनाइमा करिब ५ जना लाइफ गार्डहरुले खोजी तीव्र बनाएपनि अन्ततः असफल भएपछि ‘रेस्क्यू’ का लागि तत्काल हेलिकप्टर बोलाइएको थियो । तीव्र खोजीको तीनघण्टापछि मात्र शव केही तल फेला परेको थियो ।

‘ऊ ज्यादै मेहनती, मिलनसार र परिश्रमी थियो’– मेनुकाले भनिन्–‘कक्षामा दिएको असाइनमेन्ट उत्ति खेरै गर्ने र सबैसंग हांसखेल गर्ने स्वभावको थियो ।’

पोष्टमोर्टमका लागि अमितको शव अझै ब्राइटनमै छ । सो प्रक्रिया पुरा भएपछि शवलाई युकेमै अन्त्येष्टी गर्ने योजना बनाइएको दाई रमेशले जनाए । बेलायतमा अन्त्येष्टीका लागि धेरै महंगो पर्ने भएकाले अमितको परिवारले आर्थिक सहयोगको याचना गरेका छन् । कलेज व्यवस्थापन र विद्यार्थीले समेत अन्त्येष्टी एवं परिवारको सहयोगका लागि चन्दा संकलन शुरु गरिसकेका छन् ।

११ असार २०६९, सोमबार २१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..