सुदूरपश्चिम समाज दक्षिण कोरियाले बमको लागि आर्थिक सहयोग संकलन गर्ने

शिशिर घिमिरे, सौल, कोरिया । संयुक्त अरब इमिरेट्समा एक जना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका दार्चुला, धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेल्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् ।

पेशाले सवारी चालक रहेका बम भारतीय नागरिकको हत्यामा संलग्न भएका हत्यारालाई गाडीमा चढाएर लैजादै गर्दा पक्राउ परेका हुन् ।

नेपाली नागरिक बम निर्दोष भएको भनेर ती हत्याराले लिखित रूपमा जनाएपनि अहिलेसम्म हजारौँ पटक मर्दै बाँचि रहेका छन् ।

कानुनी उपचार नपाएका बमले अपिल गरेमा वा नेपाल सरकारले कुट्नैतिक पहल गरेमा उनी छुट्छन भन्नेमा सबैको विश्वास पाइए पनि हाल सम्म उनको लागि ठोस कार्य हुन सकेको छैन ।

त्यसैले बमको परिवारलाई केहि मात्रामा भएपनि राहत दिने उद्देश्यले आर्थिक सहयोग जुटाउन लागिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाका सचिब सुरेन्द्र भण्डारीले जनाउनु भएको छ ।

सेवा नै धर्म हो भन्ने आत्मसाथ गर्दै दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण सुदूरपश्चिमबासी लगायत सम्पूर्ण नेपालीहरु र संघ संस्थाहरुलाई आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन समाजले अपिल गरेको छ । सहयोगीहरूबाट प्राप्त रकम बमको परिवारलाई हस्तान्तरण गरेपछि सार्वजनिक गरिने पनि सुदूरपश्चिम समाज
दक्षिण कोरियाले जनाएको छ ।
अमर बमलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने निम्न व्यक्ति तथा नम्वरमा सम्पर्क गर्न सक्नुहुन्छ :
सुदूरपश्चिम समाज दक्षिण कोरिया
दिलिप रावल- 010 30446447
प्रेम शाह -010 72193822
सुरेन्द्र भण्डारी-010 43843370
नव राज भट्टराई -010 2915 5711 ,नविन कार्की-010 2899 1242
मोहन चौधरी-010 31473334
ज्यान बचाउनु आफैमा एक महान पुण्य हो, त्यसमा पनि आफ्नै नेपाली दाजुभाइलाई विदेशको माटोमा मृत्युको मुखबाट बचाउन सकियो भने हामी सबैको लागि खुशि मात्र होईन गौरवको पनि कुरो हुनेछ । विश्वभरका स्वाभिमानी नेपालिहरू हो, एक होऔं, एक निर्दोष नेपाली नागरिकलाई बचाऔँ ।

९ असार २०६९, शनिबार ०४:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..