साहित्यकार सुवेदीलाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार

inls-logoम्याग्दी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका (अनेसास) ले हरेक दुई दुई वर्षमा प्रदान गर्दै आइरहेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०१५ म्याग्दीका साहित्यकार रामप्रसाद सुवेदीलाई प्रदान गर्ने भएको छ ।

साहित्यकार सुवेदीको म्याग्दी ः स्रष्टा र सृष्टि (समालोचना) कृति धौलागिरि अञ्चलका साहित्यकारका कृतिमध्ये सबैभन्दा उत्कृष्ट कृति रहेको ठहर गर्दै एक हजार ५०० यु एस डलर नगद, थप १०० डलर बराबरको आजीवन सदस्यता र सम्मानपत्रका साथ उहाँलाई सो पुरस्कार प्रदान गर्ने अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

साहित्यकार सुवेदीसहित संसारभरि छरिएर रहेका नेपाली साहित्यकारमध्ये विभिन्न विधाका दुई दर्जनभन्दा बढी साहित्यकार पनि पुरस्कृत हुने अनेसासले जनाएको छ ।

अनेसासद्वारा घोषणा भएका सम्पूर्ण पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा प्रदान गरिने संस्थापक अध्यक्ष सुवेदीले बताउनुभयो ।

नेपाल र नेपालीलाई भाषा साहित्यको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र नेपाललाई गौरवान्वित बनाउनमा विशेष योगदान दिने साहित्यकार स्रष्टाहरुलाई प्रदान गरिने सो पुरस्कारबाट पुरस्कृत कृतिलाई यस वर्षदेखि अङ्ग्रेजी भाषामा अनुवाद गरी बिक्री वितरणको व्यवस्था पनि अनेसासले नै मिलाउने बताएको छ । रासस

२२ आश्विन २०७२, शुक्रबार ०९:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..