आज विश्वभर आँखा दिवस मनाइँदै

eyeकाठमाडौ, २१ असोज । आज विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार नेपाललगायत विश्वभर यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा सबैका लागि आँखा स्वास्थ्य तय गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ र अन्धोपन निवारणका कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठनलगयतको आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ ।
डब्लुएचओलगायत यसक्षेत्रमा काम गर्ने संघसंस्थाहरुले सन् १९९९ मा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न भिजन ट्वेन्टी–ट्वेन्टीः राइट टु साइट कार्यक्रम घोषणा गरेका थिए । त्यसलाई स्वीकार गरेअनुसार नेपालले पनि अन्धोपन निवारणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपाल सरकारले सन् १९९९ नोभेम्बरमा भिजन ट्वेन्टी–ट्वेन्टी कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागु गरेको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपामा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना छ । त्यस  मध्ये ६६ प्रतिशतमा उपचार गर्न सकिने र १६ प्रतिशतमा उपचार गर्न नसिकने खालको अन्धपना भएको अध्ययनहरुले देखाएका छन् ।

२१ आश्विन २०७२, बिहीबार ०९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..