सरकारले धोखा दिएको ठहर गर्दै डा. गोविन्द केसी सातौँ पटक अनशन बस्ने तयारीमा

काठमाडौँ, २२ भदौ । सोमबारको मन्त्रिपरिषद बैठकले आफ्नो मागलाई सामाजिक समितिमा थन्क्याउने निर्णय गरे पछि १४ दिन लामो आमरण अनशन तोडेको दुई दिन नबित्दै डा. गोविन्द केसीले सातौँ पटक अनशन बस्ने घोषणा गरेका छन् ।

सोमबारको मन्त्रि परिषद बैठकले आइतबार भएको ११ बुँदे सम्झौता कार्यान्वयन गर्नुको साटो सामाजिक समितिमा थन्क्याउने निर्णय गरे पछि आफ्नो माग कार्वान्वयन गराउन डा. केसीले आगामी शुक्रबारदेखि सातौँ पटक आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।

मङ्गलबार एक बिज्ञप्ति जारी गर्दै डा. केसीले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ बुँदे सहमति कार्यान्वयन गराउनुको सट्टा त्यसलाई थन्क्याएको भन्दै डा. केसीले सातौँ पटक आमरण अनशन बस्ने जानकारी गराएका छन् ।

चिकित्सा क्षेत्र सुधारमा हासिल भएका उपलब्धि गुम्ने स्थिति देखा परेकोले जिम्मेवार नागरिकलाई आफ्नो तर्फबाट उठ्न डा. केसीले आग्रह समेत गरेका छन् ।

केसीले देशको मुख्य सचिव र राष्ट्रिय योजना आयोगको उपाध्यक्षले हस्ताक्षर गरेको सहमति राज्यले मान्दिन भन्नुजस्तो गैरजिम्मेवार र लाजमर्दो कुरा अरु हुन नसक्ने भन्दै भ्रष्ट, अपराधी र माफियाले प्रधानमन्त्रीलगायत मन्त्रीमण्डललाई नै खरिद गरेका हुन् वा तिनको डरले आम मानिसको हितमा एउटा कदम पनि राज्यले उठाउन सक्दैन भने त्यो दुर्भाग्यपूर्ण अवस्था अन्त्य गर्न हामी सबै आ–आफ्नो ठाउँबाट लाग्नै पर्ने भएको विज्ञप्तीमा भनिएको छ ।

डा. केसीका सहयोगी डा. सुमन आचार्यले सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिकित्सा शिक्षा आयोग गठन गर्न व्यवस्थापिका संसद्को सामाजिक समितिलाई पठाउने निर्णय गरेर सहमति कार्यान्वयन गर्न नखोजेको भन्दै २५ गतेबाट डा. केसी अनशनमा बस्ने जानकारी दिए ।

डा. केसीसँग गत आइतबार भएको सहमतिमा मन्त्रिपरिषद्को पहिलो बैठकबाट चिकित्साशास्त्र शिक्षा आयोग गठन गर्ने सहमति भएको थियो ।

२२ भाद्र २०७२, मंगलवार २२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..