सद्भाव खल्बल्याउने सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह

काठमाडौँ, २१ भदौ । सरकारले राष्ट्रसेवक कर्मचारीलाई सामाजिक सद्भाव खल्बल्याउने सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज प्रेस विज्ञप्ति प्रकाशन गरी सामाजिक सद्भाव खल्बलिने तथा विभिन्न जातजाति, धर्म, संस्कृति, भाषा, सम्प्रदायको भावनामा आँच आउने किसिमका अभिव्यक्ति, तस्बिर, व्यङ्ग्यचित्रलगायत सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको हो ।

कार्यालयका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्रीले सामाजिक सञ्जालमा राखिएका त्यस्ता सामग्रीको लाइक, सेयर, ट्वीट वा रिट्वीट नगर्नसमेत सचेत गराउनुभएको छ । रासस

२१ भाद्र २०७२, सोमबार २१:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..