डा. गोविन्द केसी र सरकार बीच सम्झौता, केहीबेरमै आमरण अनशन तोडिदै

काठमाडौँ, २० भदौ । स्वास्थ्य शिक्षाको क्षेत्रमा भएको अनियमिता बिरुद्ध १३ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसी र नेपाल सरकारबीच ११ बुँदे सम्झौता भएको छ । यस अघि डा. गोविन्द केसीले चिकित्सा शिक्षा सम्बन्धी अनियमिता बिरद्ध निरन्तर अनसन बसेर अनियमिता रोक्न गरेको आग्रह पछि सरकारले उच्चस्तरीय माथेमा कार्यदल गठन गरेको थियो । चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन कार्यन्वयनलगायतमा माग राखेर डा. केसी १३ दिनदेखि आमरण अनशन बसिरहेका थिए । सरकारसंग भएको सहमति अनुसार प्रा. केदारभक्त माथेमाको संयोजकत्वमा गठित ‘चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२’का सुझाव अनुसार यसपश्चात् बस्ने पहिलो मन्त्री परिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गरि चिकित्सा शिक्षा नीति सम्बन्धी गरिएका निर्णयहरुको सहजीकरण र अनुगमन आयोग मार्फत गरिने छ । माथेमा प्रतिवेदनको सुझाव बमोजिम हुने गरी नीतिगत ढाँचामा ‘नयाँ चिकित्सा शिक्षा नीति’ तयार पारी सो बमोजिम कानुनको मस्यौदा बनाएर ३ महिनाभित्र संसदमा पेश गर्ने समेत सहमतिमा उल्लेख छ । यसै गरि माथेमा प्रतिवेदनले दिएको सुझाब अनुसार काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङ कलेजका प्रस्तावनाहरू नवीकरण नगर्ने र यो विषयमा राष्टि्रय योजना आयेगले प्रस्तावित चिकित्सा शिक्षा आयोगको संलग्नतामा तयार गर्ने मानव स्रोत विकास रणनीति अनुसार जनशक्ति र स्थानको पहिचान गरी समग्र पक्षको विश्लेषण पछि आवश्यक कारवाही गर्ने सहमति भएको छ ।  यस्तै गरि एमबीबीएस शिक्षण कार्यक्रममा अधिकतम वार्षिक सिट शैक्षिक क्यालेन्डर अनुसार निर्धारण हुने गरि २०७२र२०७३ को शैक्षिक सत्रमा १३५, ०७३/०७४ मा ११५ सिट र ०७४/०७५ देखि १०० सिट तय गरिएको छ । सहमति अनुसार व्यवस्था गर्न विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल र प्रतिष्ठानहरुलाई शिक्षा मन्त्रालयमार्फत् निर्देशन दिने सहमति भएको छ । शनिबार अबेर राति भएको सहामती अनुसार अहिले केहि बेरमै केसीले १३ दिनदेखिको बस्दै आएको आमरण अनसन तोड्दै छन् ।

२० भाद्र २०७२, आईतवार ०५:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..