डा.केसीको अनशन पाँचौ दिनमा, माग कार्यान्वयन गर्ने तर्फ सरकारले चासो देखाएन

काठमाडौँ, ११ भदौ। चिकित्सा शिक्षा र सेवामा भैरहेको ब्यापार र अनियमितता बिरुद्ध छैटौं पटक अहिंसात्मक आन्दोलनमा उत्रिएका प्रा.डा.गोविन्द केसीको आमरण अनशन बिहीबार पाँचौ दिनमा प्रवेश गरेको छ । डा. केसीका सहयोगीहरुले दिएको जानकारी अनुसार सरकारका तर्फबाट आजसम्म उनको माग कार्यान्वयन गर्ने तर्फ कुनै पहल सुरु भएको छैन । केसी निकटका अनुसार यसपटक सरकारसँग सम्झौतामा आन्दोलन नरोकिने जनाउँदै डा.केसीले सबै माग कार्यान्वयन भएपछि मात्र अनशन तोड्ने छन् । त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा.केसीको आन्दोलनलाई समर्थन गर्दै दिनहुँ आमनागरिक, वुद्घजिीवी, चिकित्साकर्मीहरु अनशनस्थल पुग्ने गरेका छन् । उनीहरूले आन्दोलनप्रति ऐक्यबद्घता समेत प्रकट गरेको डा.केसीका सहयोगीहरूले जानकारी दिए ।

११ भाद्र २०७२, शुक्रबार ०५:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..