देहात टाइम्स–४

|| चन्द्र घिमिरे ||

म पुगेको त्यो देहाती बजारबाट
उठेर एक हुल अनुहारहरू
मसँग पोइल आएका छन् स्मरणमा ।
०००
बेच्ने पान पत्तामा
जिन्दगी चुनाझैं दल्ने शर्माजी हो
कति नम्बरको जर्दा कसलाई लाग्छ ?
याद हुने शर्माजी हो
झा सरबाट सुरु भएको उसको बनी
मुरली काकामा तुरिने बेलुकी हो
जसले सुत्नुअघि माग्छ
निदाउने गोलीजस्तो एक खिल्ली पान ।
०००
गोवद्र्धन टायरवाला
मेटिएको साइनबोर्डको आडमा
टायर फेर्छ
पंचर टाल्छ
उसको गति धीमा भए पनि अरुको भरिदिने उसैले हो
र त दौडमा छन्
उसले टायर टालिदिएका धेरै साइकलवालाहरू
अहिले कारको टायरमा ‘हावा भरिदेऊ’ भन्छन् ।

छेउमा उभिएको रंगीन घरचाहिँ
जग्गा कारोबारी इन्द्रलालको हो
‘गाँव’ को खेतमा अन्न नछरेर
महँगो घडेरी उमारेको जमिन नाप्ने उसकै फित्ताले हो
जिराफजस्तो त्यो अल्गो घरमा
राजीनामा नदिएको उसको मास्टरी जागिर पनि बस्छ
कारोबारको पहाडलाई मन्दीको तुवाँलोले ढाक्दा मात्र
बियरले संवद्र्धित उसको थुलथुले ज्यान कक्षाकोठामा घुस्छ
र धेरै दिनलाई पुग्नेगरी धेरैको कान निमोठ्छ
ऊजस्तो छोराका लागि
देवी भाक्ने अभिभावक थुप्रै भए ।
०००
बर्फिलालको किराना पसलमा
किनमेल गर्नेलाई घोरिएर हेर्ने फुर्सद सच्चिदानन्दसँग छ
एकतर्फी प्रेमको तारेभीरबाट खसेको
मानसिक उपचार गर्दा पनि
बिराम बिसेक नभएको चर्चा गर्ने फुर्सद गाउँलेसँग छ ।
०००
पहिले सधैं जित्ने
हिजोआज चुनावले नपत्याउने गुप्तबहादुर
छोराछोरी भएतिर राजधानी सरेको सालौं भो
मिति गुज्रेको पार्टीमा आबद्ध ऊ
पर्यटकजस्तो अलेली गरेर आउँछ
पुरानाहरू बताउँछन्–
पहिले पावर चल्दा
झोरा उघा¥यो उसैले
‘डेलिगेसन’ दौडाएर फाँड्नेका नाउँमा दर्ता गरायो उसैले
काठको अग्लो टाँडेघर ‘गुप्तबहादुर निवास’
जो बूढो र जर्जर उभिँदा
कब्जा गर्न उसको खेती
क्रान्तिकारी पार्टीका कार्यकर्ताले गाडेको झण्डा फाटेको छ
जसमाथि काग बिस्टाउन बिहान–बिहान बस्छ ।
०००
माध्यमिक विद्यालय पनि सहीसलामत छ
धेरैले पढे
जिन्दगी पढ्न नजानेर
‘पासपोर्ट’ मिल्नासाथ कामदार हुन विदेश उडे
विद्यार्थीसँग नारिएर पढाउने मास्टर पनि
एउटा मास्टर इराकलाई सहिद भएदेखि
बूढाबूढीले नातिनातिनालाई सुनाउन त्यो कथा देहात पसेको छ ।

ताजुबको कुरा
गाईवस्तुको हाट
र मान्छेको हाट एकै ठाउँ लाग्थ्यो ।
०००

३ भाद्र २०७२, बिहीबार ०१:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..