३९ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न

टोपबहादुर याक्खा, हङकङ । हङकङबासी कवि, साहित्यकार तथा साहित्यानुरागी महानुभावहरुको उपस्थिति बीच जोर्डन स्थित कङगन रेष्टुरेण्टमा हङकङ साहित्यिक साझा श्रृंखला–३९ औं सम्पन्न भयो ।

नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनकालागि विगत ३ वर्ष यता प्रत्येक महिनाको अन्तिम आइतबार साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा तथा सामुहिक रुपमा पुस्तक प्रकाशन समेत गर्दै आइरहेको यस श्रृंखलामा साहित्यसंग सम्बन्धित विभित विषयहरुमा आपसी छलफल गर्दै आगामी ४० औं श्रृंखला (२९ अगष्ट २०१५, शनिबार साझ) मा गत वैशाख १२ मा नेपालमा गएको आमविनाशकारी भूकम्प र त्यसबाट पीडितहरु प्रति समर्पित सःशुल्क कविता वाचन गर्ने र उक्त कविताहरुलाई समेटेर भूकम्प विशेष कृतिका रुपमा बजारमा ल्याउँने निर्णय समेत गर्‍यो ।

कार्यक्रमको अन्त्यतिर टंक सम्बाहाम्फे, दाजु गुरुङ, बज्र कुमार राई, जुनु राना, डोम राना, मेख बहादुर आले, मगेन्द्र राई, चन्द्र मादेन, टोपबहादुर याक्खा लगायतले सृजना वाचन समेत गरेको उक्त कार्यक्रममा वाचित सृजना तथा समग्र कार्यक्रमबारे टंक सम्बाहाम्फे, दाजु गुरुङ र राज कुमार राईद्धारा छोटो टिप्पणी गर्दै जुनसुकै विधाको रचनाहरु भए पनि हङकङकै जनजीवन र भोगाईहरुलाई उतार्नु पर्नेमा जोड दिएका थिए ।
श्रृंखलाका संयोजक बज्र कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई उप–संयोजक मेखबहादुर आलेले संचालन गरेका थिए ।

१२ श्रावण २०७२, मंगलवार २३:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..