लस एन्जलसमा गुञ्जियो आदि कवि भानुभक्तको ‘घांसी दरिद्र घरको तर बुद्धि कस्तो’

लस एन्जलस । भर् जन्म घाँस तिर मन् दिई धन कमायो,नाम क्यै रहोस पछि भनेर कुवा खनायो!! घांसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनि भैकन किन यस्तो!!
आदि कवि भानुभक्त आचार्यको कविताको शिर्ष धुन बजिरहँदा भौतिक सुखको खोजीमा मायाबी शहर लस एन्जलस आइपुगेका नेपाली अमेरिकन शनिबार स्थानिय पशुपतिनाथ मन्दिरमा ब्यग्र देखिन्थे आफ्नो सिर्जनाको पोको फुकाउन । कविको कविता सुन्ने सुनाउने चाँजो पाँजो मिलाएको थियो गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, भाषा-साहित्य कार्यदल र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको लस एन्जलस च्याप्टरले । संयोग जुरेको थियो आदि कवि भानुभक्त आचार्यको २०२ औं जन्म दिवस । अर्को संयोग पनि जुरेको थियो अमेरिकन नेपालीहरुको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरमा आफ्नो सिर्जनाको पोको फुकाउने । कवियित्री सुशिला पाण्डले मंचमा उक्लिएर रामायणका श्लोक सार्दुल विकिरडीत् छन्दमा सुनाउदा सिर्जनाको पोको फुकाउन, सुन्न र सुनाउन सभाहलमा उपस्थित नेपाली अमेरिकन भाब्बिब्हल सुनिरहेका थिए । उद्घोषक तिलक कार्कीले अर्को कविको नाम उद्घोष गर्न नपाउदै हाँसो र तालीको फोहोरा छुट्यो ‘कबियित्री’का लागि मैदान खालि गर्न पुरुष कवि सकेर मात्र के भनेका थिए । गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, भाषा-साहित्य कार्यदलक सदस्य एवं अन्तराष्ट्रिय नेपाली साहित्य समाज लसएन्जल्स च्याप्टरका सभापति शान्तिराम ढकालले प्रत्यक महिना कोठे कविता गोष्ठी कविता चौतारीको उद्घोष गर्दा लाग्थ्यो मायाबी शहर लस एन्जलसमा अबका केहि बर्ष कविता गुन्जी रहने छ ।
सभापति शान्तिराम ढकाल यतिमै रोकिएनन । उनले अर्को उद्घोष गरे २०१६ को कुनै अनुकुल दिन नेपाली साहित्यका उत्कृष्ट सर्जकहरु गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, भाषा-साहित्य कार्यदलको निम्तोमा मायाबी शहर लस एन्जलसमा आफ्ना सिर्जना सहित गुन्जिने छन् । को भन्दा को कम जस्तै लाग्थ्यो समारोह, माहोल साहित्यिक, प्रमुख अतिथिको आसनमा उपस्थित नेपाली वाणिज्यदूत ऋषि पुनाखर ढकालले भानुलाई सम्झिदै उनका श्लोक गुन गुनाउदै घांसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनि भैकन किन यस्तो!! स्मरण गर्दा मन्चमा आसिन गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य राजेन्द्र सिवाकोटीले मंचमै सिर्जना गरे चिप्लिएँ शीर्षकको कविता । अमेरिका घुम्ने मेसोमा लस एन्जलस आइपुगेका प्रल्हाद ढकालले कविको प्रकार झल्किने कविता पस्किदा हल हाँसेको थियो । स्थानिय पत्रकार गोकुल ढकाल, अगुवा राम लामा, सर्जकहरु प्रेम गुरागाईं र डन बहादुर कार्की लगायत झन्डै एक दर्जन कवि र कवियित्रीले कबिता वाचन गरेको समारोहमा लस एन्जलस घुम्न आइपुगेका अगुवा पत्रकार दम्पति तारा बराल र बिटु केसी, नेपाल अमेरिका पत्रकार संघका सचिब सुदिप पन्त, सदस्य अग्नि चौलागाईं र एनआरएन अमेरिकाकि नवनिर्वाचित सह सचिव संगीता सिवाकोटी र संघको क्यालिफोर्निया च्याप्टर उपाध्यक्ष रामबाबु पाण्डेलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो । आदि कबि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण सहित सुरु भएको भानु जयन्ति विशेष कवि गोष्ठीमा स्थानिय पशुपतिनाथ फाउन्डेसनका अध्यक्ष भक्त थापा र सचिव रामेश्वर भण्डारी, बौद्धिक संसारका बलराम थापा, एकता समाजकी अध्यक्ष शारदा श्रेष्ठ र महासचिव इन्दिरा त्रिपाठी लगायत लस एन्जलसका अगुवाहरुको उपस्थिति रहेको थियो । समारोहमा गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, भाषा-साहित्य कार्यदलका सदस्य सचिव पुरुषोत्तम ढकालले संघ र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संयुक्त तत्वाबधानमा प्रकाशन हुन लागेको डाएस्पोराको संकलित कविताहरुको अंग्रेजी अनुबादका लागि आफ्नो रचना उपलब्ध गराउन सम्पूर्ण नेपाली अमेरिकनलाई  आग्रह गरेका थिए ।

५ श्रावण २०७२, मंगलवार १०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..