आँसुका हरफहरु !! बाबुलाल भण्डारी

कुनै समय थियो, कुष्ट रोगको डरले मानिस भयभित र त्राहिमाम थियो । आज क्यान्सरले यो ठाँउ लिन पुगेको छ । आधुनिक जीवन शैली, रहनसहन, विषाक्त खानपान, बढ्दो प्रदुषण र रासायनिक औषधीको बेरोकटोक प्रयोगले अहिले क्यान्सर झण्डै घर–घरको स्वास्थ्य समस्या बनेर तेर्सिएको छ । क्यान्सर रिर्सच यु.केले अस्ति मात्र सेप्टेम्बर २०१४मा सार्वजनीक गरेको प्रक्षेपणमा १९६० पछि जन्मेको जनसंख्यामा त्यहाँ हरेक ५ जना मध्ये २ जनालाई (अनुपात १ः२.५) र १९७१ मै क्यान्सर विरुद्धको युद्धको घोषणा गरेको मुलुक सं.रा अमेरिकामा त्यहाँको नेसनल क्यान्सर इन्स्टिच्यूटको तथ्याङ्कमा पुरुषहरुमा हरेक २ जना मध्ये एक र महिलाहरुमा हरेक ३ जना मध्ये एउटा ब्यक्ति जीवनकालमा कुनै न कुनै प्रकारको क्यान्सरको चपेटामा पर्ने उल्लेख छ । आश्चर्य यो भएको छ कि यत्रा विश्व ब्यापि भगिरथ प्रयासलाई छल्दै क्यान्सरको प्रकोप भने निरन्तर फैलिदै र अनुपातको तथ्याङ्क निरन्तर साँघुरीदै गएको छ । पर्याप्त चेतना र समयमा उचित परामर्सको अभावमा खास गरी पछिल्लो चरणमा आएर यसको उपचार कस्टसाध्य मात्र नभएर असाध्य बनेको छ । हाम्रो परिस्थितिमा रोगको आसंका, निदान र उपचारको चरण सम्म आईपुग्दा परमपरागत सल्यव्रिmया, रेडियो थेरापी र किमो थेरापीले काम गर्ने अवस्था प्राय चुकि सकेको हुन्छ । नसक्नेहरुको जीवनको अध्याय यहिनेर समाप्त हुन्छ भने हैसियत हुने हरुले अत्यन्त कस्टकर, दुरुह र अत्यन्त खर्चिलो उपचार त लिएका छन् तर परिणाम ज्यादा निरासा जनक छन् । स्वास्थोपचारमा सही बाटो नअपनाउदा भूलसुधारको अर्को मौका नपाइन सक्छ, यही नै अन्तिम ठहर्छ । क्यान्सर उपचारमा यहि नियम लागु हुन्छ । ठिक यहि विन्दुमा उचित परामर्स र एउटा साहसी निर्णयको जरुरत पर्छ, जहाँ बहुधा मानिसहरु गलत निर्णयको सिकार भई अमुल्य जिन्दगी गुमाउन पुग्छन् । सारा दुःख र हैरानीको भुक्तमान ब्यक्ति स्वयंको हुन्छ र उसलाई जती आफ्नो जीवनको चिन्ता र सरोकार दोश्रो ब्यक्तिको हुन्न, चाहे आफन्त हुन् चाहे चिकीत्सकहरु । त्यसैले पनि मैले आफ्नो कस्तो उपचार लिदैं छु, यसको प्रभाबकारिता के कति छ, यो अनीवार्य हो या होइन र यसका विकल्प के कस्ता छन् या छैनन् र यस्तो उपचारका के कस्ता दुस्परीणाम हुन सक्छन् भन्ने पूर्व र पूर्ण जानकारी ब्यक्ति स्वयंको सूचनाको हक अन्तर्गत पर्छन् । यि सूचनाको वीचबाट आफ्नो बारेमा फैसल गर्ने मर्जिको मालिक पनि ऊ आफै हुनु पर्छ । तर हामी कहाँ विविध कारणले यो हुन सकि रहेको छैन ।
सबै प्रकारका क्यान्सरमा आज पर्यन्त चलिआएका मुलधारका परम्परागत औषधीमा केमोथेरापी, रेडियोथेरापी, शल्यक्रिया र यदाकदा हर्माेन र इम्युनोथेरापी जस्ता मल्टी मोडालिटि थेरापीको प्रावधान रहे पनि अलग अलग वा संयुक्त रुपमा प्रयोग हुने पहिलो तीन वटालाई नै मुख्य उपचार मान्ने गरिएको छ । पटक पटकको प्रयोगशाला परीक्षण, शल्यक्रिया, केमोथेरापी र रेडिएशन अङ्कोलोजी अकल्पनिय रुपले महङ्गो भई यस्तो उपचार आम नेपालीको आयस्तरले नभ्याउने पक्ष एकतिर छ भने मेडिकल क्षेत्रकै दावीलाई आधार मान्दा पनि अनुकुल परिस्थिति रहेमा यो सबै विधिबाट गुज्रे पनि ५ वर्षको अपेक्षित क्यान्सर मुक्त जीवनको सौभाग्य ३ प्रतिशत भन्दा वढीलाई उपलब्ध नभइरहेको हाल सम्मको एउटा यथार्थ हो । अब थोरै तपसिलमा जाऔँ ।
बायोप्सी–अपरेशन –
आधुनिक सुविधा सम्पन्न अस्पतालमा प्रवेश गरे देखि नै हाम्रो शरीर एउटा प्रयोगशाला बनिदिन्छ । क्यान्सरको यकिन गर्न पिसावमा एच्.सी.जी हर्मोन परीक्षण गर्ने जस्ता कैयौं सस्ता र सरल बाटा हुँदा हुँदै विशेषज्ञले तपाईको बायोप्सीको पीडादायी, खर्चीलो र जोखीमको बाटो रोज्छन् । यसका कतिपय कारण मध्ये पहिलो चाँही अर्थ नै हो । प्रायः सबै चिकित्सकलाई राम्रै थाहा भएको तर सर्वसाधारणको जानकारीबाट लुकेको तथ्य के हो भने क्यान्सर ट्युमरमा कुनै प्रकारको घंोचपेचले ठूलो संख्यामा क्यान्सर कोषिकालाई रक्तसञ्चारमा पु¥याई अरु अङ्गमा फैलिन सजिलो पार्छ । ३० वर्ष अघि क्यान्सरलाई दोश्रो अङ्गमा पुर्याउने (मेटास्टासीस) को पहिलो कारण बायोप्सी र सल्यक्रिया हो भन्ने पुष्टी भएको हो (जर्मन रेडियोलोजी प्रोफेसर व्रmोकोस्की एम्.डी.पिएच.डि) । पछिका कैयौ. अनुसनधानका नतिजा पनि यहि प्रकृतिका छन् । तर संगसंगै बायोप्सी र सल्यक्रिया पद्धतीमा सुधारले यस्तो सम्भाबनालाई न्यून गरेको भन्ने अनुसन्धान जरुर भएका छन् तर यी विधी अद्यापि पूर्णरुपेण सुरक्षित बनेका छैनन् । हो, स्वास, भोजन नलि, पाचन प्रणाली वा अन्यत्र कँहि पनि रोकावट हुने आपतकालीन अवस्थामा अहिले पनि सल्यक्रियाको विकल्प उपलब्ध छैन, जीवन लम्ब्याउने यहि एउटा मात्र उपाय हो । तर, साधारण ट्युमर अरु अङ्गमा नफैलिने कारणले सल्यक्रिया आवश्यक नै नपर्ने र कठीन प्रकारको ट्युमर भने सल्यक्रिया पछि अझ गतिका साथ फैलिने कारणले यस्तो ट्युमर सल्यक्रिया योग्य हुँदैन भन्ने कैयोै चिकित्सकका रायलाई हेर्दा सल्यक्रियाका अधिकांश निर्णय अनावश्यक र गलत हुने अवस्था रहन्छ । तसर्थ प्रस्तावित बायोप्सी वा सल्यक्रियाको अनीवार्यता के हो स्पष्ट गर्नु चिकित्सकिय कर्तब्य र सुसुचित हुन पाउनु विरामीको अधिकारको रुपमा स्थापित हुनु पर्छ ।

किमोथेरापी –
क्यान्सर उपचारमा बहुप्रचलीत किमो उपचार पद्धती अझ भयाबह छ । सुई वा चक्की को रुपमा विरामीलाई दिइने हानीकारक रसायनलाई किमो उपचार भनेर बुझ्दा सजिलो पर्छ । रोगको प्रकार, चरण र रोगीको उमेर अवस्था हेरी छनौट हुने ५० भन्दा वढी किसिमका केमो रसायन र तिनीहरुको सम्मिश्रणबाट १०० बेसी किमो उपचार उपलब्ध छन् । क्यान्सर भनेको छिटो छिटो बिभाजित हुने र फैलिने कोष हो । अहिले सम्म विकसित सवै केमो रसायनले क्यान्सर कोषलाई शरीरका स्वस्थ कोषबाट छुट्याई तिनैलाई मात्र लक्षित गरी नष्ट गर्नुको सट्टा शरीरका सबै छिटो बढ्ने कोषलाई नष्ट गर्दछन् । परिणामतः मुख, पाचनप्रणाली र शरीरमा अन्यत्र हुने सबै छिटोबढ्ने स्वस्थकोष लगायत हाड भित्रको रगत निर्माण गर्ने बोनम्यारोमा नराम्रो असर पर्छ । यसबाट ज्वरो, वाकवाकी, बमन, कपाल झर्ने, रक्तकोषिका गणनामा डरलाग्दो गिरावट, मुखमा घाँउ खटिराले खाना खान असक्तता, अमन, दुखाई र शरीर फुल्नु लगायतका दर्जनौ स्वास्थ्य समस्याले व्यक्तिको शहनशिलताको तहलाई नाघ्ने र व्यक्ति रोगले भन्दा औषधीको विषाक्तताले थलापर्ने हुन्छ । धेरै चक्रमा दिईने केमो प्रोटोकलले कोषको डि.एन्.ए लाई प्रभावित गरेर एकातर्फ पुनः दोस्रो क्यान्सरको सम्भावना वृद्धि हुने र उता मुटु, फोक्सो, स्नायु, मृगौला, अस्थि समुह र सन्तान उत्पादन क्षमतामा दीर्घकालीन स्थायी दुस्प्रभावका अलावा पक्षाघात सम्मको अर्को छुटै पाटो पनि छ, र मेडिकल जगतले यसलाई मान्दै पनि आएको छ । हाड भित्रको बोनम्यारोमा पर्न सक्ने दुस्प्रभाबले राता रक्तकणको उत्पादन कमी हुँदा शरीरमा अक्सीजन आपूर्ती कम हुने र शरीरको प्रतिरक्षा सेल डब्लु.बि.सी. कम हुँदा रोगसँग लड्ने शरीरको सुरक्षा प्रणाली क्षत बिक्षत भई शरीर विभिन्न संव्रmमणको सिकार बन्ने हुँदा यि दुबै अवस्था घातक बन्न सक्छन् । त्यसैले कैयौले किमो थेरापीलाई “अ मेडिसीन वर्स द्यान डिजिज इट्सेल्फ” भनेर पनि ब्यङ्ग गर्दछन् । यसरी किमोका तत्कालिन अन्य दुस्प्रभावलाई नजरन्दाज गरे पनि, हालाकि जो घातक पनि हुन सक्तछन्, असिमित स्वस्थ कोषिकाको विनास र रोगसंग लडने शरीरको समग्र प्रतिरक्षा प्रणाली क्षतविक्षत भई व्यक्तिको ह्ृदयाघात, न्यूमोनिया वा अन्य संक्रमणबाट मृत्यु हुन सक्तछ ।
म्याक गिल क्यान्सर अनुसन्धान केन्द्र मन्ट्रियलका वैज्ञानिकहरुले सं. रा. अमेरिका र क्यानडाका कुल १२८ चर्चित क्यान्सर विशेषज्ञहरुसंग “आफै विरामी भएमा तपाई कुन उपचार विधि अपनाउनु हुन्छ ?” भनी प्रश्नावलीद्वारा मत सर्भेक्षण गर्दा केवल ७९ विशेषज्ञहरुको प्रतिकृया प्राप्त भए मध्ये ६४ जनाले आफुले कुनै परिस्थितीमा पनि केमो रसायन नचलाउने सोझो र सपाट जवाफ दिए । मौन रहनेहरुको कारण पनि सजिलै अन्दाज हुन्छ । स्पष्ट छ, चिकित्सकहरुले विरामीलाई यस्तो औषधी प्रयोग गर्दै आउनु परेको छ जो उनीहरु आफु स्वयंलाई पर्दा चलाउन मान्दैनन् । युरोपका अत्यन्तै प्रसिद्ध जीव रसायनशास्त्री एवं चिकित्सक डा. लियोनार्ड कर्नवेलको हालसालैको एउटा अन्तर्वार्तालाई उद्धृत गर्दै स्रोतहरु वताउछन, पश्चिममा क्यान्सरबाट विगत २० वर्षमा जति पनि मृत्यु भएका छन् ती थोरै रोगबाट र धेरै यसका उपचार र औषधीका दुस्प्रभावबाट भएका छन् । यस्तो उपचारले व्यक्तिको औषत स्वास्थ्य अवस्था अझै नाजुक पार्ने र कतिपय अवस्थामा औषधी गर्ने भन्दा नगर्ने व्यक्ति तुलनात्मक रुपमा बढि लामो समय सम्म अलि गुणस्तरको जीवन वांच्ने गरेको धेरै अनुसन्धानकर्ताका ठहर छन् । यसरी किमोले फाईदाको अपेक्षा कैयौं गुणा बढि नोक्सान गर्ने हुदा यसले क्यान्सरलाई भन्दा क्यान्सर विरामीलाई नै बढ्ता सिध्याउछ, यो एउटा ज्यादै विचारणाीय पक्ष भएको छ ।
हो, अण्डकोष, बालबालिकाका ल्युकेमीया र हडकिन्स जस्ता क्यान्सरमा किमोका राम्रा प्रभाब देखिएका छन् र पछिल्लो चरणमा केही प्रकारका क्यान्सरका लागि विकसीत टार्जेटेड किमोका दुस्प्रभाब हल्का भएको बताइन्छ । तर नर्दर्न सिड्नी क्यान्सर सेन्टरको रेडिएसन अंकोलोजीका अनुसन्धानकर्ताले १४ वर्ष लगाएर अध्ययन गरेका अमेरिका र अस्ट्रेलियाका १,५४,९७१ विरामी मध्ये केवल ३,३०६ जनामा अर्थात अमेरिकामा औषत २.१ ५ र अष्ट्रेलियामा २.३५ मा मात्र किमोको उपचार बाट जीवन ५ वर्ष चलेको पाएका थिए । अझ रोचक त के छ भने अध्ययन प्रतिवेदनमा कँहि पनि उनीहरु त्यस अवधिमै पनि क्यान्सर मुक्त थिए र त्यस पछि लगत्तै मरेका थिएनन् भन्ने देखिन्न ।

२१ जेष्ठ २०७२, बिहीबार २३:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

‘राजनिती भ्रष्टिकरणतर्फ गयो, सर्बसत्तावादी चिन्तन स्वीकार्य हुँदैन’ राप्रपा नेता बर्तौला

भर्खर मात्र राष्ट्रबादी भन्न रुचाउने राप्रपा पार्टी एकिकरण भएको छ । यता जनमानसमा राजाप्रतिको बिचार सकारात्मक देखिन थालेको छ ।..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..

व्यवसायीले गरे लकडाउन उलङ्घनको घोषणा

काठमाडौँ, २१ जेठ । व्यवसायीहरुले लकडाउन उलङ्घनको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा..

कर तिर्ने समय थपियो

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्ने अवधि थप गरेको छ । व्यवसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने समय थप..