भारतीय क्रिकेटका कप्तान धोनी काठमाडौ आईपुगे, नेपालमा क्रिकेट विकासमा योगदान दिने भनाई

काठमाडौ, २ असार ।  भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी दुई दिने भ्रमणको क्रममा आज नेपाल आईपुगेका छन् । एयर ईण्डीयाको विमानबाट उनी विहान सवा नौ बजे काठमाडौ ओर्लिएका हुन ।
विमानस्थालमा आयोजित पत्रकार सम्मेलनमा कप्तान धोनीले  दक्षिण एशियाको क्रिकेटको स्तर विरुद्धमा धेरै माथि रहेको उल्लेख गर्दै दक्षिण एसीयाकै अर्को मुलुक नेपालको क्रिकेट पनि उत्कृष्ट हुन पर्ने धारणा राखे । उनले नेपाललाई त्यसकोलागी धैर्यता र एकाग्रताको सुझाव पनि दिए ।
धोनिले नेपालको क्रिकेट स्तरलाईमाथि पुर्याउन क्रिकेटको पूर्वाधार निर्माणमा जोड दिदै नेपाली क्रिकेट बारे सुने पनि आफ्नो व्यस्त कार्यतालिकाले गर्दा अवलोकन गर्न नपाएको गुनासो सुनाए ।
उनले नेपाली क्रिकेटरलाई  अध्ययन र खेललाई समानान्तर रुपमा अगाडि बढाउन समेत सुझाव दिए । नेपाली क्रिकेटको बारेमा उनले राम्रो प्रगति रहेको सुनाउँदै आफ्नो भ्रमणको क्रममा आफुले नेपालका यूवालाई क्रिकेटमा समर्पित हुन सुझाव दिने बताए ।
भारतीय दुतवासको संयोजनमा नेपाल भ्रमणमा आएका धोनी मध्यान्ह कीर्तिपुर क्रिकेट मैदान पुगेर नेपाली यु १९ र राष्ट्रिय खेलाडीसँग २ घण्टा बिताउने छन ।  नेपाली यु १९ टोल्ऽी मलेसियामा अर्को हप्ता सुरु हुने यु १९ एशिया कपको तयारीमा छ । र नेपालले पहिलो खेल भारतसँग खेल्दैछ ।
यसअघि आईसीसीका तत्कालिन अध्यक्ष इशान मणी, फिफा अध्यक्ष सेप व्लाटर तथा पूर्व क्रिकेटरहरु कपिलदेव, सुनिल गावास्करलगायतका  व्यक्तित्वहरु नेपाल आईसकेका छन् ।
धोनीले आजै तीन बजे उनी बस्ने होटल याक एण्ड यतिमा प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेटवार्ता गर्ने छन भने साँझ भारतीय दुतावासले  आयोजना गर्ने रात्री भोजमा सहभागी हुने छ । भोली माईति नेपालको अवलोकन र पशुपति नाथको दर्शनपछि उनी स्वदेश फर्किनेछन् ।

२ असार २०६९, शनिबार ११:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका २८८ बिरामी थपिए, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौँ, २० जेठ । एकै दिन २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप २८८ जनामा संक्रमण..

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..