एनआरएन महिला समिति युएईको सहयोगबाट बुद्धमाया तामाङ नेपाल फिर्ता

काठमाडौ, २ असार । युएईस्थित कार्यरत नेपाली महिलाहरुको हक हितका लागि भर्खरै मात्र स्थापना गरिएको एनआरएन अन्तर्गत महिला समिति युएईले सिन्धुली घर भएकी बुद्धमाया तामाङलाई दुबईबाट उद्धार गरी स्वदेश नेपाल घर फिर्ता पठाउनमा सफल भएको छ । विगत ११ महिनादेखि दुबईस्थित ईरानीको घरमा घरेलु कामदारको रुपमा कार्यरत बुद्धमाया तामाङले विभिन्न यातनाहरु सहदै आएको क्रममा आफ्नो पासपोर्ट या कुनै पनि डकुमेण्ड नलिएर घरबाट भाग्नमा बाध्ये भएकी थिइन् । एनआरएन महिला समितिको सम्पर्कमा आएपछि अध्यक्ष अर्चना बस्नेत रोकाहाले बसोबासका लागि व्यावस्था समेत गर्नु भएको थियो । नेपाली दूतावासको पहलमा सबै कानुनी प्रक्रियाहरु पूरा गरी नेपाल फर्किन सफल हुनु भएको हो ।

२ असार २०६९, शनिबार ०९:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..