लुभेन नगरपालिका बेल्जियमको निर्वाचनमा नेपाली उमेद्ववार

दीपक ज्योति पौडेल, बेल्जियम । बेल्जियमको सोसलिस्ट राजनैतिक दल ग्रुन (Groen) ले नेपाली भाषी खड्क बहादुर के.सीलाई आगामी अक्टोवर १४ तारिख २०१२ मा सम्पन्न हुन गैरहेको लुभेन नगरपालिकाको निर्वाचनमा उमेद्वारको रुपमा चयन गरेको छ। बेल्जियमको प्राज्ञिक शहरको रुपमा चिनिने लुभेन नगरपालिकामा करिव ९५ हजार मानिस बसोवास गर्दछन्।बेल्जियममा बसोवास गर्ने १८३ देशका मनिसहरु मध्ये लुभेनमा १५४ देशका मानिसहरु बस्दछन्।बेल्जियम भन्दा बाहिर बाट आई बसोवास गर्नेहरु मध्ये नेपाली भाषीहरु छैटौ स्थानमा पर्दछन्।

नगरपालिका निर्वाचनको दौरानमा ग्रुन पार्टीले मुख्यत: तिन कुराहरुलाई जोडदारका रुपमा उठाएको के.सी बताउछन्।उनका अनुसार-लुभेन एक प्राज्ञीक शहरका साथै बसोवासका हिसाबले महङो शहरको रुपमा विकसित हुदै गएको हुदा सहज बसोवासको अवस्था सृजना गर्ने।भौतिक पूर्वाधारको निर्माण सगै वातावरणिय स्वच्छन्दतामा ध्यान दिदै पर्यावरणिय शहरको रुपमा बिकाश गर्ने।साँस्कृतिक एकतामा जोड दिदै बेल्जियममा बसोवास गर्ने १८३ देशका मानिसहरुलाई लुभेन शहरमा बस्न आकर्षित गर्ने रहेका छन् पार्टीका निति तथा कार्यक्रमको जानकारीका साथै पार्टी, उमेद्ववार र मतदाता विचको सिधा सम्पर्कका माध्यम सुमधर सम्वन्ध स्थापित गर्नको लागी पार्टीले विषेशत:लुभेनमा वसोवास गर्ने नेपाली सामाजिक सघ सस्थाका प्रतिनिधिका साथै सम्पूर्ण नेपाली मतदाताहरुलाई यहि जुन २४ तारिख शनिवारका दिन ब्रुल पार्क लुभेनमा अयोजना गरेको दिवा भोज तथा साक्षात्तर कार्यक्रममा सहभागी हुन आग्रह गरेको जानकारी गराए। बेल्जियममा बसोसाव गर्ने नेपालीहरु यहाँका विभिन्न निकायहरुमा उपस्थिति जनाउन सके साँस्कृतिक समिश्रणको साथै वसोवासलाई पनि सहज बनाउन मद्दत पुग्ने के.सी बताउछन्।
नेपालीले यसरी सहभागिता जनाउन पाउनु नेपालीको निम्ति नै गौरवको कुरा भएको हुदाँ बेल्जियमवासी नेपालीलाई मतदानको लागी मतदातामा नामावलीमा नाम दर्ता गराउने अन्तिम मिति यहि अगस्त १ तारिख भित्र नाम दर्ता गराई मतदानमा सहभागी हुन समेत अनुरोध गरेका छन्। नेपालको पर्वत जिल्लाबाट आई बिगत १४ वर्षदेखि बेल्जियममा बसोवास गर्दै आईरहेका के. सि बेल्जियमका विभिन्न संघ सस्थामा संलग्न रहि सामाजिक कार्यमा सकृय छन्।बेल्जियमको विविध बिषयमा ज्ञान हासिल गरेका के.सी ग्रुन पार्टिबाट चुनाव लड्ने पहिलो नेपाली उमेद्ववार हुन।

३१ जेष्ठ २०६९, बुधबार १९:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..