वासिंटन डिसीमा बृहत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बिष्णु सितल, वासिंटन डिसी । अमेरिका नेपाल सोसाईटीको आयोजनामा वासिंटन डिसीको मेट्रो क्षेत्रमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । एएनएसले मेट्रो क्षेत्रका बालबालिकाको क्षमता विकास र नेपाल अमेरिका संबन्धका विविध पक्षमा उनीहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विकल पौडेल, विसर पौडेल, अनिमेश कार्की र आभास चापागाईको वेष्ट फल्सचर्च लालुपाते समूह प्रथम भएको छ ।
वासिंटन डिसी, भर्जिनिया र मेरिल्याण्डका १२ समूहले भाग लिएको उक्त प्रतियोगितामा सरस्वती पौडेल, आरधना अधिकारी, अदिती पौडेल र उपासना अधिकारीको मनासस बुलरनको टोली दोस्रो भएको छ ।

त्यस्तै आशिष दाहाल, आर्या दाहाल, रसिका बुढाथोकी र मनिष अधिकारीको सेन्टीली ग्रीन टोलिले तेस्रो स्थानमा सफलता पाएको छ । पहिलो, दोस्रो र तेस्रो हुने टोलिलाई अमेरिकाका लागि नेपाली राजदूत डा.शंकर शर्माले नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भयो । पहिलो, दोस्रो र तेस्रोलाई क्रमश एएनएस तर्फबाट २ सय ४०, दुई सय र १ सय ४० डलर नगद पुरस्कारले सम्मान गरेको छ । यसैगरी सगरमाथा टेलिभिजनका तर्फबाट रामचन्द्र खरेलले क्रमशः ३ सय, २ सय र १ सय डलर थप गरी जम्मा ५ सय ४०, ४ सय र २ सय ४० डलरको नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा एएनएसका अध्यक्ष नगेन्द्र पौडेलले स्वागत गर्नु भएको थियो भने सचिब मुक्ति दवाडीले संचालन गर्नु भएको थियो । हाजिरी जवाफ कार्यक्रमको संचालन भने अनुप पहाडी, प्रकाश नेपाल र कृष्ण सोपले गर्नु भएको थियो ।
विजयी टोलिलाई बधार्इ ज्ञापन गर्दै प्रमुख अथिति राजदूत डा. शर्माले यस प्रकारका कार्यक्रमबाट किशोर किशोरीहरुमा मातृभूमि र अमेरिका संबन्धी ज्ञान अभिबृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले यसको महत्व उच्च रहेको बताउनु भयो । सो अवसरमा एएनएस अध्यक्ष पौडेलले अमेरिकामा रहेका नेपाली बालबालिकालाई लक्षित गरेर हालसम्म कसैले पनि कार्यक्रम नगरिरहेको अबस्थामा एएनएसले नयाँ कामको थालनी गरेको बताउनु भयो ।

 

२९ जेष्ठ २०६९, सोमबार २१:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..